• ट्रेण्डिङ्ग :
तुलसीपुरवासीले घरमै पाउन थाले स्थानीय सरकारको सिफारिस

तुलसीपुरवासीले घरमै पाउन थाले स्थानीय सरकारको सिफारिस


  • 3.6K
    SHARES
    • जेठ ३०, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.5K Views

    तुलसीपुरवासीले घरमै पाउन थाले स्थानीय सरकारको सिफारिस

    गणेश आचार्य,दाङ ३० जेठ/तुलसीपुर उपमहानगरपालिकाले दाङमै पहिलोपटक डिजिटल सिफारिस सेवा सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले आज वडा नम्वर ६ बाट डिवि किराना पसल दर्ताको डिजिटल सिफारिस माग गर्नुभएका सेवाग्राही वीरबल शर्मालाई डिजिटल सिफारिस दिएर सेवाको शुभारम्भ गर्नुभयो ।

    images

    नगर प्रमुख खड्काले तुलसीपुर उपमहानगरपालिकाले डिजिटल सिफारिस ऐन जारी गरेर १९ वटै वडामा आजदेखि कार्यान्वयनमा ल्याएकोे जानकारी दिनुभयो । उहाँले बिस्तारै अन्य सेवा समेत डिजिटलाइज्ड गर्दै लैजाने बताउनुभयो । नगरप्रमुख खड्काले नगरवासीलाई हात हातमै सेवा प्रदान गर्नका लागि सेवा सुरु गरिएको बताउनुभयो । पालिकाका सूचना प्रविधि अधिकृत सविन केसीले तुलसीपुर उपमहानगरपालिकाको एप्स डाउनलोड गरी सेवाग्राहीले जुनसुकै ठाँउबाट सिफारिस लिन सकिने बताउनुभयो ।

    उहाँले तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस प्राप्त गर्न सकिने बताउनुभयो । सिफारिसका लागि पैरवी गर्दै आउनुभएका द एसिया फाउन्डेशनका कार्यक्रम व्यवस्थापक  प्रमुख गोबिन्द बस्नेतले सेवाग्राहीले समयमै घरमै बसेर सेवा प्राप्त गर्न सक्ने र जनप्रतिनिधिहरुसमेत अन्य कामका लागि समय व्यवस्थापन गर्न सक्ने बताउनुभयो । उपमहानगरले डिजिटल सिफारिस सेवा सुरु गरेकाले अबदेखी तुलसीपुर उपमहानगरवासी कुनैपनि सिफारिस ल्याउन वडा वा उपमहानगरको कार्यलयमा आउन नपर्ने भएको छ ।


    तेस्रो आँखा