• ट्रेण्डिङ्ग :
पर्यटन मेला सम्पन्न, पाँच हजार बढीले गरे अवलोकन

पर्यटन मेला सम्पन्न, पाँच हजार बढीले गरे अवलोकन


  • 2.6K
    SHARES
    • आषाढ २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.0K Views

    पर्यटन मेला सम्पन्न, पाँच हजार बढीले गरे अवलोकन

    काठमाडौँ, २ असार । पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको दुईदिने नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला शनिबार सम्पन्न भएको छ ।

    images

    समिट इभेन्ट्स मार्केटस्को आयोजना तथा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोगमा आयोजित मेला शुक्रबारदेखि सुरु भएको थियो । मेलाको समापन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो ।

    उहाँले काठमाडौँभित्रको सम्पदा र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा महानगरपालिकाको सधै‌‌ साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उपप्रमुख डङ्गोलले मेलामा सहभागीलाई आ–आफ्नो देशमा गएर नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउन आग्रह गर्नुभयो ।

    नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न मेलाले थप सहयोग पुगेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रको प्रयासमा सराहनीय काम भएको बताउनुभयो ।

    मलेसियाको मलेसिया पर्यटन बोर्ड र भारतको बिहार पर्यटन बोर्डकोसमेत सहभागिता रहेको उक्त मेलामा १६ देशका एक सय ५० पर्यटन व्यवसायीका स्टल रहेको थियो । दुई दिनसम्म चलेको मेला पाँच हजारभन्दा बढीले अवलोकन गरेको समिट इभेन्ट्स मार्केटसका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिनुभयो ।

    मेलामा पर्यटनसँग सम्बन्धित समूहगत छलफल भएको थियो । निजी क्षेत्रको सक्रियतामा पहिलोपटक गरिएको मेला सफल रूपमा सम्पन्न भएसँगै आयोजकले आगामी वर्षको मे ३० र ३१ मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासमेत गरेको छ ।


    तेस्रो आँखा