काठमाडौं, २८ माघ । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालभर २० हजार नौ सय ८९ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१७ हजार चार सय ४७ जनाको पिसिआर परीक्षणका क्रममा छ सय ६६ जनामा र तीन हजार पाँच सय ४२ जनाको एन्टीजेन परीक्षणका क्रममा चार सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुई हजार दुई सय १५ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार चार सय ४१ रहेको छ ।
