नवनिर्वाचित अध्यक्ष कृष्ण कँडेल
गैंडाकोट । नेकपा एमाले गैंडाकोट नगर कमिटीको अध्यक्षमा कृष्ण कडेल निर्वाचित हुनुभएको छ। उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी श्रीराम सुवेदी भन्दा ५९ मत बढी ल्याई एमालेको नगर अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँले १८५ मत प्राप्त गर्नुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्दी सुवेदीले १२६ मत प्राप्त गर्नुभएको थियो।
यसैगरी उपाध्यक्षमा गोविन्दप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ। सुवेदीले २४४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी सरस्वती उपाध्याय खनालले ६१ मत प्राप्त गर्नुभएको छ ।
यसैगरि सचिवमा भूमिश्वर भूषाल 'राजु' (१८२ मत) निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कमल बहादुर पाठकले १२४ मत प्राप्त गर्नुभएको थियो ।
उपसचिवमा नरहादुर थापा (२२२ मत) र गोमा पौडेल (१८३ मत) निर्वाचित हुनु भएको छ ।
यसैगरी खुला सदस्यहरूतर्फ बिमल आचार्य, देशबन्धु सिग्देल, सुभद्रा आचार्य, पार्वती पोखरेल, प्रेम कुमार शर्मा पौडेल र लक्ष्मी कमली निर्वाचित हुनुभएको छ।
निर्वाचित अन्य सदस्यहरूमा वडा नं १ बाट केदार नाथ न्यौपाने, लक्ष्मण कँडेल र सकुन्तला न्यौपाने रहनुभएको छ । वडा नं २ बाट उत्तम प्रधान, सावित्रा काफ्ले र प्रमोद पोखरेल, वडा नम्बर ३ बाट देवराम सुनारी र सरस्वती पौडेल, वडा नम्बर ४ बाट नवराज पौडेल खुमराज तिमल्सिना र सरिता आचार्य र कमला दवाडी, वडा नम्बर ५ बाट कृष्णप्रसाद काफ्ले, टिका ढकाल र सम्झना काफ्ले, वडा नम्बर ६ बाट देवीप्रसाद गौतम र सरस्वती घिमिरे, वडा नम्बर ७ बाट नर्मदा शर्मा पौडेल र दुर्गा दत्त कँडेल, वडा नम्बर ८ बाट गुणाखर रेग्मी र सावित्रा सवी खवास, वडा नम्बर ९ बाट भवानी शर्मा बर्तौला, ढुण्डिराज कडेल र कृष्णबहादुर केसी, वडा नम्बर १० बाट गोविन्द प्रसाद पाण्डे सुमन गैरे र चेतना अर्याल, वडा नम्बर ११ बाट शेषकान्त कोइराला, खिमाकुमारी शर्मा र प्रेमदेवी शर्मा। वडा नम्बर १२ बाट विष्णु बस्नेत र चुडामणि अधिकारी । वडा नम्बर १३ बाट हरिकल आले र शिवकुमार पौडेल। वडा नम्बर १४ बाट धनप्रसाद सापकोटा, लक्ष्मी हमाल र सुनिता देवी पौडेल। वडा नम्बर १५ बाट सुरेन्द्र आले र लालमाया गुरुङ । वडा नम्बर १६ बाट बासुदेव खनाल र सरस्वती सापकोटा । वडा नम्बर १७ बाट तुलसी पाण्डे बुद्धिराम गिरी र वडा नम्बर १८ बाटनवराज थापा र पदमकुमार थापा निर्वाचित हुनु भएको छ ।
खुला युवा सदस्यतर्फ रमेश ढकाल, अनिल ढकाल र गोविन्द प्रसाद आचार्य निर्वाचित हुन भएको छ । लेखा संयोजकमा श्रीहरि चालिसे निर्वाचित हुनुभएको छ भने लेखा सदस्यतर्फ मोती कुमारी खड्का र नेत्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ। यसैगरी मुक्ति समाजतर्फ चन्द्रबहादुर विश्वकर्मा, दुर्गा बहादुर विश्वकर्मा, भक्तबहादुर सुनार, जसमती बिक र निर्मला सुनार निर्वाचित हुनुभएको छ।
यसैगरी जनजातितर्फ ज्योति गुरुङ, चन्द्रमाया सिङ्जाली, बलबहादुर थापा, सूर्यकुमार कायस्थ र काशीराम महत्व निर्वाचित हुनुभएको छ।
गत जेठ गते पार्टीको दोस्रो नगर अधिवेशन भएको थियो। अधिवेशनमा सबै पदहरूमा सर्वसम्मत नभएपछि केही पदहरूमा शुक्रबार निर्वाचन भएको हो।
