• ट्रेण्डिङ्ग :
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रस्तुत

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रस्तुत


  • 4.3K
    SHARES
    • आषाढ ९, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.6K Views

    नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रस्तुत
    काठमाडौँ, ९ असार/राष्ट्रियसभाको आजको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी  विधेयक–२०८१’ पेस भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो विधेयक सभामा पेस गर्नुभएको हो ।
     
    राष्ट्रियसभाको आज बसेकोे बैठकमा उक्त विधेयक सर्वसहमतिबाट पारित भएको छ । नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पु(याउन उचित कानुनी व्यवस्था गर्ने, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने जिम्मेवारीका साथ सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा तोकिएका निकायहरुसँग आवश्यक समन्वय गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।
     
    राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न १ः १५ बजे बस्नेछ ।  


    तेस्रो आँखा