• ट्रेण्डिङ्ग :
तुलसीपुरले ल्यायो दुई अर्ब बढीका बजेट, सबैभन्दा धेरै शिक्षामा

तुलसीपुरले ल्यायो दुई अर्ब बढीका बजेट, सबैभन्दा धेरै शिक्षामा


  • 4.8K
    SHARES
    • आषाढ १०, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.4K Views

    तुलसीपुरले ल्यायो दुई अर्ब बढीका बजेट, सबैभन्दा धेरै शिक्षामा

    दाङ, १० असार । तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले आज आर्थिक बर्ष २०८१/०८२ का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट सार्वजनिक गरिन् । 

    images

    उपमहानगरले सबैभन्दा धेरै बजेट शिक्षामा र कम बजेट  पशुतर्फ विनियोजन गरेको छ । कुल बजेटको ३०.५७ प्रतिशत अर्थात ६३ करोड ४२ लाख४९ हजार रुपैँया बजेट शिक्षामा छुट्याएको छ । 

    पशुतर्फ कुल बजेटको १.०२ प्रतिशत अथार्त दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैँया विनियोजन गरिएको छ । त्यसैगरी स्वास्थ्यतर्फ नौ करोड ५९ लाख ४० हजार, कृषितर्फ पाँच करोड ४८ लाख चौध हजार र अन्य शीर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैँया बजेट विनियोजन गरेको छ । 


    तेस्रो आँखा