• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित


  • 2.7K
    SHARES
    • आषाढ ११, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित

    काठमाडौँ, ११ असार । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।
     
    सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाउनुभएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो ।

    images


    तेस्रो आँखा