• ट्रेण्डिङ्ग :
समयमा स्वच्छ खानेपानीको लक्ष्य पूरा हुन्छ : मन्त्री राई

समयमा स्वच्छ खानेपानीको लक्ष्य पूरा हुन्छ : मन्त्री राई


  • 2.5K
    SHARES
    • आषाढ १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    समयमा स्वच्छ खानेपानीको लक्ष्य पूरा हुन्छ : मन्त्री राई
    धनकुटा, १६ असार/ खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सन् २०३० सम्म नेपाली नागरिकलाई स्वच्छ पानी खुवाउने सरकारको लक्ष्य समयमा पूरा हुने बताउनुभएको छ ।
     
    प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको खानेपानी समस्या समाधानका लागि ‘एक घर, एक धारा’ कार्यक्रम र स्वच्छ खानेपानी कार्यक्रमलाई देशभरि तीव्रता दिइएको जानकारी दिनुभयो ।
     
    तराई क्षेत्रको खानेपानी व्यवस्थापनका लागि चुरे क्षेत्रको जलाधार संरक्षणमा आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँवासीका लागि मेलम्चीको पानी सहज आपूर्ति गर्न मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीयलाई राहतको व्यवस्था गरिएको र बाढीले बगाएको खानेपानी इन्टेक निर्माण गर्न लागिएको मन्त्री राईले जानकारी दिनुभयो । 
     
    खानेपानी नागरिकको मौलिक अधिकार भएकाले आम नेपालीहरुले निःशुल्क खानेपानी खाने व्यवस्था गर्न आवश्यक कानुन निर्माणका लागि विधेयक बिनिरहेको पनि उहाँले जानकारी दिनुभयो ।


    तेस्रो आँखा