• ट्रेण्डिङ्ग :
कांग्रेस पदाधिकारी बैठक आज बस्दै 

कांग्रेस पदाधिकारी बैठक आज बस्दै 


  • 2.8K
    SHARES
    • आषाढ १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    कांग्रेस पदाधिकारी बैठक आज बस्दै 
    काठमाडौँ, १७ असार/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक छलफलका लागि आज दिउँसो ३ बजे पदाधिकारी एवं पूर्व पदाधिकारी बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।
     
    कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेविसङ्घलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।
          
    बैठकमा असार १५ गतेबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेको विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेसमेत प्रचार विभागका प्रमुख विश्वकर्माले बताउनुभयो ।


    तेस्रो आँखा