• ट्रेण्डिङ्ग :
'राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन '

'राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन '


  • 2.6K
    SHARES
    • आषाढ २१, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.0K Views

    'राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन '

    चितवन, २१ असार/नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताउनुभएको छ । 

    images

    आज पत्रकारसँग कुरा गर्दै उहाँले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ ।” 

    सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको स्वीकार गर्दै उहाँले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नुपथ्र्यो भन्नुभयो । विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मननगरी तदनुरुप गर्नुपर्नेमा जोड दिनुभयो । 

    एक प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गर्नुभयो ।


    तेस्रो आँखा