• ट्रेण्डिङ्ग :
बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण


  • 2.8K
    SHARES
    • आषाढ २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

    काठमाडौँ, २५ असार/सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    images

    सांसद रञ्जुकुमारी झाले वर्षाका कारण सप्तकोशी नगरपालिकाका धेरै स्थान जलमग्न भएको बताउनुभयो ।  सांसद श्यामकुमार घिमिरेले सरकारले बाढीपहिरोबाट क्षति हुन नदिन योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । “बिना योजना बस्ती बनाउँदा धेरै क्षति भएको छ । अधिकांश स्थानमा सडक अवरुद्ध छ”, उहाँले भन्नुभयो, “सडक निर्माणका लागि आवश्यक बजेट छुट्याइनुपर्छ ।”

    सांसद प्रेम सुवाल, रामप्रकाश चौधरी र चित्रबहादुर केसीले पनि मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।


    तेस्रो आँखा