• ट्रेण्डिङ्ग :
‘योग्यतासँगै सीप विकास गर्नुपर्छ’

‘योग्यतासँगै सीप विकास गर्नुपर्छ’


  • 2.6K
    SHARES
    • आषाढ २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.9K Views

    ‘योग्यतासँगै सीप विकास गर्नुपर्छ’

    काठमाडौँ, २५ असार/राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ज्ञान समृद्धिको आधार भएकाले शैक्षिक प्रमाणपत्रका साथै व्यवहारिक सीप र दक्षता पनि अभिवृद्धि बढाउनुपर्ने बताउनुभएको छ ।
         
    केन्द्रविन्दु डटकमद्वारा आज आयोजित दोस्रो ‘केन्द्रविन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा सम्बोधन गर्दै अध्यक्ष दाहालले राणा शासन र पञ्चायतकालसम्म ठूलाठालुको पहुँचमा रहेको शिक्षा अहिले सबैको पहुँचमा पुगेकाले देशलाई आवश्यक जनशक्ति विदेश पलायन हुनबाट रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    images

    उहाँले यस वर्षको एसइई परीक्षाको नतिजाले  शिक्षाको गुणस्तर कमजोर देखिएको हुँदा गुणस्तरीय शिक्षाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । “कुनै बेला पढ्न जाँदा दण्डित हुनुपर्ने देश यही हो, अहिले शिक्षा संविधानको मौलिक हकमा छ, यो जनआन्दोलन र राजनीतिक परिवर्तनको उपलब्धि हो । विद्यमान शिक्षा प्रणालीमा सुधारका धेरै ठाउँ छन्, सुधारका लागि हामी लाग्नु जरुरी छ”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले सदनमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई छलफलका आधारमा गुणस्तरीय शिक्षाको आधार तयार गर्ने गरी पारित गराउने विश्वास दिलाउनुभयो ।

    कार्यक्रममा विशिष्ट शिक्षा सम्मानबाट शिक्षासेवी चाँदनी जोशी, प्रा डा श्रीरामभगत माथे, सूर्य कार्की, दिप्पी आचार्यलगायतलाई सम्मानित गरियो ।

    यसैगरी, उत्कृष्ट १४ सामुदायिक र ३१ संस्थागत विद्यालयलाई सम्मानित गरिएको थियो । अध्यक्ष दाहालका साथै नेकपा (एमाले) का सचिव योगेश भट्टराई, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले उत्कृष्ट शिक्षालय र शिक्षाकर्मीलाई सम्मान प्रदान गर्नुभयो । कार्यक्रममा विद्यार्थीलाई ‘करिअर काउन्सिलिङ’ पनि दिइएको थियो ।


    तेस्रो आँखा