• ट्रेण्डिङ्ग :
पाँच प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

पाँच प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध


  • 6.0K
    SHARES
    • आषाढ २६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 9.2K Views

    पाँच प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं २६ असार/ काठमाडौं उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको हो ।

    images

    दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कोशी, मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा अति वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम बढेकाले त्यसबाट जोगिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    तेस्रो आँखा