• ट्रेण्डिङ्ग :
आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण


  • 3.1K
    SHARES
    • आषाढ २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.8K Views

    आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

    काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उहाँँको सालिकमा माल्यार्पण गरिएको छ ।
          
    नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा  प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद  उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गर्नुभयो । भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताउनुभयो । उहाँँले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको उल्लेख गर्नुभयो ।
          
    नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्ने बताउनुभयो । विसं २०१६ मा नेपाल शिक्षा परिषद्ले दरबार हाईस्कुल अगाडि निर्माण गरेको भानुभक्तको सालिकको प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गर्नुभएको थियो ।
          
    विसं २०१६ देखि यहाँ भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिँदै आएको परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिनुभयो । 

    images


    तेस्रो आँखा