• ट्रेण्डिङ्ग :
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिनुहुँदै

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिनुहुँदै


  • 4.2K
    SHARES
    • आषाढ ३१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.4K Views

    नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिनुहुँदै

    काठमाडौँ, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि शपथ हुने कार्यक्रम रहेको छ ।
         
    राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई आइतबार प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नुभएको थियो । 

    images

    प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन भएको हो । राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि दिनुभएको थियो । 


    तेस्रो आँखा