• ट्रेण्डिङ्ग :
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे


  • 4.0K
    SHARES
    • श्रावण ५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 6.1K Views

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

    काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित हुनुभएको छ ।

    images

    कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई आज प्रमुख सचेतकमा मनोनित गर्नुभएको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएसँगै घिमिरेले प्रमुख सचेतकको जिम्मेवारी पाउनुभएको हो ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका घिमिरे गत निर्वाचनमा सिन्धुली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    संसदीय दलका नेता देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १३ को उपधारा १ बमोजिम मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।


    तेस्रो आँखा