• ट्रेण्डिङ्ग :
सांसदलाई प्रचण्डको निर्देशन : ‘सुशासनका कारण सरकार ढल्यो, अब सशक्त प्रतिपक्षको भूमिका खेल्नोस्’

सांसदलाई प्रचण्डको निर्देशन : ‘सुशासनका कारण सरकार ढल्यो, अब सशक्त प्रतिपक्षको भूमिका खेल्नोस्’


  • 2.7K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.2K Views

    सांसदलाई प्रचण्डको निर्देशन : ‘सुशासनका कारण सरकार ढल्यो, अब सशक्त प्रतिपक्षको भूमिका खेल्नोस्’

    काठमाडौँ, ६ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा ध्यान नदिई सशक्त प्रतिपक्षको भूमिका खेल्न निर्देशन दिएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा दलका नेता समेत रहेका प्रचण्डले अघिल्लो सरकारले अगाडि बढाएको सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सशक्त भूमिका खेल्न निर्देशन दिएका हुन् । 

    images


    बैठकबारे जानकारी दिँदै सांसद लेखनाथ दाहालले पार्टीको ध्यान सरकार भन्दा पनि प्रतिपक्षको भूमिका बलियो र प्रभावकारी बनाउनेबारे छलफल भएको बताए । 


    ‘अध्यक्षले सरकार ढल्नुको कारणबारे सांसदहरूलाई ब्रिफिङ गर्नुभयो । अब पार्टीको ध्यान सरकार निर्माण भन्दा पनि सशक्त प्रतिपक्षको भूमिका खेल्नेमा हुनेछ । मेरो नेतृत्वको सरकारले सुशासनलाई अगाडी बढाएपछि सरकार ढल्यो । ओली सरकारको काम कारबाही हेरेर सशक्त प्रतिपक्षको भूमिका खेल्नोस्’,  प्रचण्डको भनाइ उद्धृत गर्दै दाहालले रातोपाटीसँग भने । 

    बैठकमा सांसदहरूले माओवादी नेतृत्वको सरकार ढल्नुको कारणबारे प्रचण्डमाथि प्रश्न उठाएका थिए । यस्तै प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न सांसदहरूलाई दलले ह्विप लगाएको छ ।


    तेस्रो आँखा