• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा

कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा


  • 4.2K
    SHARES
    • श्रावण ७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.5K Views

    कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा

    कर्णाली, ७ साउन/ कर्णाली प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चार मन्त्रीहरूले पदबाट राजीनामा दिनुभएको छ । 

    images

    मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आज उहाँहरूले सामूहिक राजीनामा दिनुभएको हो । माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा महेन्द्र केसी आर्थिक मामिला तथा योजना, वीरबहादुर शाही सामाजिक विकास, दुर्गबहादुर रावत उद्योग, वन तथा वातावरणमन्त्री र रनसिंह परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री हुनुहुन्थ्यो । 

    परिवर्तित राष्ट्रिय राजनीति र समीकरण फेरबदल भएकाले प्रदेश सरकारका कामकारबाहीमा सहयोग पु¥याउन राजीनामा दिएको मन्त्री केसीले बताउनुभयो । 

    चारै जना मन्त्री यही वैशाख १८ गते नियुक्त हुनुभएको थियो । मन्त्रीहरूको राजीनामा सँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मन्त्रीहरूले आजै पत्रकार भेटघाट कार्यक्रम गरी दुई महिनामा आफूहरूले गरेका कार्यप्रगति सार्वजनिक गर्नुभएको छ ।


    तेस्रो आँखा