• ट्रेण्डिङ्ग :
किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण

किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण


  • 3.6K
    SHARES
    • श्रावण ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.5K Views

    किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण

    रामपुर (पाल्पा), ११ साउन । जिल्लाको तानसेननगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो ।

    images

    नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्रयाक्टर, चार सय ८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    कृषियन्त्र खरिदबापत हातेट्रयाक्टर, चापकटर र डिजिटल तराजु गरी रु ४० लाख र मौरीजन्य सामग्रीका लागि रु २० लाख वितरण गरिएको नगरपालिकाले जनाएको छ । उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो । 


    तेस्रो आँखा