• ट्रेण्डिङ्ग :
कुकुर मर्दा सप्तरीका मेयरले गरे मानवको झैँ काजकिरिया

कुकुर मर्दा सप्तरीका मेयरले गरे मानवको झैँ काजकिरिया


  • 2.8K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    कुकुर मर्दा सप्तरीका मेयरले गरे मानवको झैँ काजकिरिया

    सुन्दा अचम्म लाग्ने एउटा यस्तो घटनाले एक नगर प्रमुख हिन्दु परम्परालाई आर्दश मानेर आफ्नो कुकुर मर्दा काजकिरीया गरेर सबैलाई अचम्मित पारेका छन् ।

    images

    सप्तरीको कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले आप्mनो घरमा पालेको कुकुर मरेपछि शोकमा परेका उनले मानिस मर्दा जस्तै गरिने विधी र हिन्दु रितीरिवाज अनुसार अन्त्येष्टी गरेर कुकुरप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

    गुप्ता परिवारले ७ वर्षदेखि घरमा सन्तान झै पालन पोषण गरी हुर्काएको स्विटी (डाँगो) र क्विटी (छाउडी) मध्ये क्विटी अकस्मात शनिवार विरामी परे । मेयर गुप्ताले करिब १५ हजार रुपैया खर्चेर कुकुरको स्थानीय पशु स्वास्थ्य उपचार केन्द्रमा उपचार पनि गराए । तर, उपचार कै क्रममा आइतबार उसको मृत्यु भयो ।

    कुकुर मरेपछि आईतवार नै मेयर गुप्ताले कोशी किनारमा लगेर हिन्दु रितीरिवाज अनुसार कुकुरको शवको अन्त्येष्टी गरेका छन् । आफ्नो श्रीमती, छोरा र छोरी जस्तै माया गर्ने कुकुर मरेपछि शोकमा ३ दिन घरमा खाना पनि नपाक्ने उनले बताए ।

    घरका सदस्य जस्तै नजिक ठान्ने कुकुर मरेपछि घरका सबै सदस्य दृुःखित भएपनि एउटा जनावरको मानव झै मृत्यु संस्कार गर्न पाउँदा भने आत्मसंतुष्टि मिलेको र जनावारलाई पनि सबैले मानव झै माया र व्यवहार गर्नू पर्छ भन्ने संदेश समेत दिन चाहेको गुप्ता परिवारको भनाई छ ।


    तेस्रो आँखा