• ट्रेण्डिङ्ग :
विकासका लागि तुलसीपुर,दंगीशरण, बबई र शान्तिनगर एकै ठाउँमा

विकासका लागि तुलसीपुर,दंगीशरण, बबई र शान्तिनगर एकै ठाउँमा


  • 6.1K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 9.4K Views

    विकासका लागि तुलसीपुर,दंगीशरण, बबई र शान्तिनगर एकै ठाउँमा

    दाङ १४ साउन/दाङका चार स्थानीय तहले विकासकालागि एकै ठाउँ उभिने निर्णय गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगीशरण,शान्तिनगर र बबई गाउँपालिकाले विकासका लागि सहकार्य गर्ने निर्णय गरेका हुन् ।

    images

    सोमबार तुलसीपुर उपमहानगरको अगुवाईमा बसेको चारवटा पालिकाको बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा २६ बमोजिम तुलसीपुरका नगर प्रमुख टीकाराम खड्काको संयोजकत्वमा दंगीशरणका अध्यक्ष शम्भु गिरी,शान्तिनगरका अध्यक्ष प्रमोद बस्नेत र बबईका अध्यक्ष कुलबहादुर केसी सदस्य रहेको अन्तरपालिका समन्वय समिती गठन गरेको तुलसीपुर उमहानगरका प्रेस संयोजक गणेश आचार्यले जानकारी दिनुभएको छ । समन्वय समितीको सदस्य सचिवमा तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी रहनु भएको छ ।

    तुलसीपुरदेखी पश्चिम क्षेत्रको विकासलागि चारवटा पालिकालाई एकैठाउँमा उभ्याइएको तुलसीपुरका नगर प्रमुख खड्काले जानकारी दिनुभयो । साथै समन्वय समितीको पहिलो बैठकले चारवटा पालिकामा आवश्यक विकासकालागि हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ । बैठकले टरीगाउँ विमानस्थल बिस्तारकालागि भदौको पहिलो साता एमालेका महासचिव शंकर पोखरेल र नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिपक गिरी सहितको सहभागीतामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन निर्णय समेत गरेको छ ।

    त्यसैगरी,आगलागी नियन्त्रणकालागि अत्याधुनिक प्रबिधिको दमकल खरिदमा साझेदारी गर्ने,तुलसीपुरमा अत्याधुनिक बधशाला निर्माणमा सहकार्य गर्ने र तुलसीपुर,दंगिशरण,शान्तिनगर बबईको जिला भ¥याङठुटी हुँदै पूर्व पश्चिम राजमार्गको ठुरे जोड्ने सडक निर्माण तथा स्तरोन्नतीकालगि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरिएको छ । बैठकमा दंगिशरण,शान्तिनगर र बबईका उपाध्यक्ष र प्रमुश प्रशासकिय अधिकृतको समेत सहभागिता थियो ।


    तेस्रो आँखा