• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभामा विपद् व्यवस्थापन सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

प्रतिनिधिसभामा विपद् व्यवस्थापन सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस


  • 3.3K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.0K Views

    प्रतिनिधिसभामा विपद् व्यवस्थापन सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

    काठमाडौँ, १४ साउन । विपद् व्यवस्थापनमा पुनरावलोकन, वृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारी’ सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा पेस गरिएको छ ।

    images

    सोमवार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सो प्रस्ताव पेस गरेकी हुन् ।

    विपद् व्यवस्थापनमा देखिएको संकट समाधानका लागि आफूले सो प्रस्ताव बैठकमा पेस गर्नु परेको उनको भनाई थियो ।

    सो जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा. चन्दा कार्की, विन्दबासिनी कंशाकार र निशा डाँगी रहेका छन् ।


    तेस्रो आँखा