• ट्रेण्डिङ्ग :
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु


  • 2.7K
    SHARES
    • श्रावण १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.1K Views

    प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

    झापा, १६ साउन| इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का  २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । 

    images

    खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो । मङ्गलबार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । खड्काको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । 

    यसैगरी प्रादेशिक अस्पताल भद्रपुरका कर्मचारी आज अस्पतालमै मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत स्वास्थ्य सहायक २४ वर्षीय सुरज शर्मा अस्पतालभित्रै झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    police.jpg
    undefined


    तेस्रो आँखा