• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले घट्यो

नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले घट्यो


  • 3.8K
    SHARES
    • श्रावण १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.8K Views

    नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले घट्यो
    काठमाडौँ, १७ साउन/ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार सात सय ५५ दशमलव ६२ मा सीमित भएको छ ।
     
    ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव २९ अङ्कले ओरालो लागेर चार सय ९२ दशमलव ७५ मा सीमित भएको छ । कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता शेयर रु २१ अर्ब ७१ करोड ३४ लाख ३१  हजार सात मूल्यमा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्य ओरालो लागेको छभने छ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
     
    नेप्सेका अनुसार पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन् ।
     
    यस्तै, पिपल्स हाइड्रोपावर नौ दशमलव १३, प्रभु बैङ्कको ऋणपत्र आठ दशमलव ६५, रसुवागढी हाइड्रोपावर सात दशमलव शून्य नौ, अप्पर सोलु हाइड्रोपावर छ दशमलव ७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५५ प्रतिशतले गुमाएका छन् । 


    तेस्रो आँखा