• ट्रेण्डिङ्ग :
गृहमन्त्री लेखकसँग निर्वाचन आयोगको छलफल

गृहमन्त्री लेखकसँग निर्वाचन आयोगको छलफल


  • 2.3K
    SHARES
    • श्रावण २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    गृहमन्त्री लेखकसँग निर्वाचन आयोगको छलफल

    काठमाडैं २२ साउन । निर्वाचन आयोगले गृहमन्त्री रमेश लेखकसँग आयोग सम्बन्धि विषयमा छलफल गरेको छ । मंगलबार भएको छलफलमा निर्वाचन आयोग, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा छलफल भएको आयोगका प्रवक्ता रघुराम बिष्ट जानकारी दिनुभयो ।

    images

    उक्त अवसरमा गृहमन्त्री लेखकले आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको र आयोगले पारदर्शी, स्वच्छ, स्वन्त्रत, निष्पक्ष र विश्वसनीय निर्वाचन संचालन र व्यवस्थापनमा कुशलतापूर्वक भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले निर्वाचन आयोगको भवन लगायतका पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    आयोगको तर्फबाट प्रस्तुतीकरण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवं स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्नुभयो । उहाँले निर्वाचन आयोगको कार्यालय भवनको पुनर्निर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानून र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रष्ट पार्नुभयो ।

    उक्त छलफल कार्यक्रममा निर्वाचन आयोगका आयुक्तज्यूहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । 


    तेस्रो आँखा