• ट्रेण्डिङ्ग :
खाना खानेक्रम्मा मासुको हड्डी अड्केर एक पुरुषको मुत्यु

खाना खानेक्रम्मा मासुको हड्डी अड्केर एक पुरुषको मुत्यु


  • 3.1K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.8K Views

    खाना खानेक्रम्मा मासुको हड्डी अड्केर एक पुरुषको मुत्यु

    नवलपरासी, २३ साउन । पूर्बि नवलपरासी पूर्ब गैंडाकोटमा खाना खाने क्रममा घाँटीमा हड्डी अड्किएर ५९ वर्षीय छाम बहादुर रानामगरको मृत्यु भएको छ । 

    images

    तनहुँ भिरकोट – ३, पिपलबारीका निवासी रानामगर मङ्गलबार गैंडाकोट नगरपालिका वडा नं १ गंगानगर बस्ने कमला राना मगर छोरीको घरमा आएका थिएन । बुधबार बिहान ८ः३० बजेको समयमा खाना खाने क्रममा अचानक मासुको हड्डी अड्केर उनी बेहोस भएका थिए ।

    उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा चिकित्सकले उनलाई बिहान ९ः४८ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा