• ट्रेण्डिङ्ग :
तुलसीपुरमा वाटर मसाज राख्नेहरु बढ्दै

तुलसीपुरमा वाटर मसाज राख्नेहरु बढ्दै


  • 21.3K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 32.7K Views

    तुलसीपुरमा वाटर मसाज राख्नेहरु बढ्दै

    तुलसीपुर, २४ साउन । तुलसीपुरमा वाटर मसाज राख्नेहरूको सङ्ख्या बढ्न थालेको छ। नुहाउने प्रयोजनको लागि बाथरुममा राखिने यो वाटर मसाज हाललाई साढे ५ देखि ६ फुटसम्मको साइजमा उपलब्ध छ । जाकुजी कम्पनीले जाकुजी ब्राण्डमा ल्याएको दुई लाख ५० हजार रुपैयाँ पर्ने जाकुजी वाटर मसाजमा बसेर नुहाउँदा छुट्टै आनन्द आउने प्रयोगकर्ताहरू बताउँछ । 

    images

    वाटर मसाज प्रयोग गर्ने दाङ तुल्सीपुर वडा नम्बर ५ का तेज बिष्टले यो उत्पादनबाट आफु निकै सन्तुष्ट भएको अनुभव सुनाउनुभयो । जाकुजीको वाटर मसाज प्रयोग गरेपछि त्यो उत्पादन आफुलाई मनपरेको र एकदमै राम्रो लागेको उहाँले बताउनुभयो ।

    WhatsApp Image 2024-08-07 at 4.25.11 PM.jpeg

    यो उत्पादन खरिद गर्नुभएका तुलसीपुर वडा नं ५ का मोहन स्वर्णकारले दुई महिना अघि वाटर मसाज खरिद गरेको तर अहिलेसम्म प्रयोग नगरेको बताउनुभयो । वाथरुमको अन्य काम बाँकी रहेकाले फिट गर्न नभ्याएको, प्रयोग गरेपछि कस्तो होला भनेर आफु पनि उत्साहित रहेको उहाँको भनाइ थियो ।

    यो वाटर मसाजमा म्युजिकल सिस्टमहरू पनि जोडिएको छ। जसले प्रयोगकर्तालाई नुहाउने बेलामा अलौकिक आनन्द प्रदान गर्दछ । यसमा बसेर नुहाउँदा संगीतसँगै पानीको प्रेशरले प्रयोगकर्तालाई मसाज गराउने विक्रेता प्रमिश लामिछाने बताउनुहुन्छ । लामिछानेकाअनुसार अहिलेसम्म तुलसीपुरमा पाँचजना ग्राहकहरुले यो वाटर मसाज सिस्टम आफ्नो घरमा जडान गरिसक्नु भएको छ । 

    WhatsApp Image 2024-08-07 at 4.25.28 PM.jpeg

    ग्राहकहरुले तुलसीपुर ६ बाहिनीचोकमा रहेको राधारानी मार्वल टायल एण्ड सेनेटरी होमबाट यो प्रडक्ट प्राप्त गर्न सक्नुहुने छ । जसमा मौसम अनुसार तातो वा चिसोपानीको सप्लाई दिन सकिने व्यवस्था छ ।


    तेस्रो आँखा