• ट्रेण्डिङ्ग :
थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


  • 6.7K
    SHARES
    • कार्तिक ३०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    थप ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    ३० कात्तिक, काठमाडौं ।  नेपालममापछिल्लो २४ घण्टामा  ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    ६ हजार ५ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ६ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना निको भएका छन् ।

    योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ भने ७ लाख ९८ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ जना रहेका छन् । जसमध्ये ६ हजार ९८४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २१९ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् । 

    यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन् ।


    तेस्रो आँखा