• ट्रेण्डिङ्ग :
कथा :
राजतन्त्र सँगै विलाएकी गौरी र उनको अन्त्य नभएको कथा 

राजतन्त्र सँगै विलाएकी गौरी र उनको अन्त्य नभएको कथा 


  • 29.2K
    SHARES
    • फाल्गुण ७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 44.9K Views

    राजतन्त्र सँगै विलाएकी गौरी र उनको अन्त्य नभएको कथा 

    गौरी   पढाइ मा नीकै अब्बल, मेहनती र हेर्दा नीकै राम्री  थिइन ।  उनी  सधैँ स्कूलमा प्रथम हुन्थिन् । पढाइ सँगै उनी खेलकुदमा पनि निकै अगाडि थिइन् । हामीहरू हाफ छुट्टीमा विद्यालय को प्राङ्गण मा कबड्डी,  भलिबल, छुनिचोर, खुट्टा नाघ्ने खेल्थ्यौँ । उनी क्लासको मनिटरका साथै टिचरहरुको प्रिय छात्रा पनि थिइन्।

    images

    गाउँमा माओवादीको बिगबिगी बढ्दो थियो । एकातिर माओवादीले आर्मी पुलिसको मान्छे भनेर दुःख दिन्थे भने अर्को तिर आर्मी पुलिसले माओवादी भनेर दुःख दिन्थे । त्यति बेला राजाका विरुद्ध बोल्न पाइँदैनथ्यो । आर्मी पुलिसले गलत गर्दा गलत गरेउ भन्न पाइँदैन थियो ।  आर्मी पुलिसले जो कोहीलाई समातेर मार्यो भने त्यो माओवादी थियो भनिदिन्थ्यो । 

    एक दिनको कुरा हो , स्कूलमा परीक्षाको रिजल्ट  निस्किने दिन थियो । श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति ..  राष्ट्रिय गानपछि परीक्षाको रिजल्ट सुनेर  हामीहरू आ–आफ्नो घर तिर लागेउ । गौरी पनि निकै खुसी हुँदै घर गइन् ।  उनको घर स्कूल पछाडीको सुकुम्बासी बस्ती मा थियो । सुकुम्बासी बस्ती पछाडी खेतको ठूलो फाँट अनि पारीपट्टी आर्मी बेस्क्याम्प  । 

     त्यही दिन गौरी  खेतमा बाख्रा चराउन गइन् । केही आर्मी जवानहरुले गौरीलाई जिस्क्याए ,   गौरी केही नभनी चुपचाप सुनिरहिन र त्यहाँबाट घर आइन् । 

    रातको समय बस्तीका सबै सुतिरहेका थिए , गौरीको घरको ढोका बजिरहेको थियो । गौरीका बुवाले सोधे ‘को हो ?’  
    बाहिरबाट आवाज आयो ‘आर्मी, यहाँ माओवादी लुकेको आशंका छ । ढोका खोल्नुहोस् ।’  

    गौरीका बुवाले ढोका खोले । ढोका खोल्ना साथ गौरीको आमा बाबुलाई कन्चटमा बन्दुक तेर्स्याएर हल्ला गरेउ भने माओवादी भनेर मारिदिन्छु भन्दै रक्सीमा उन्मत्त दुई  आर्मी जवानले भने ।  
    त्यो रात गौरी दुई जना आर्मी जवानद्वारा बलात्कृत भइन् । 

    गौरी रातभरि रोइ रहिन्,  उनका  आमा बाबु  उनलाई सम्झाए , यो कुरा कसैलाई  नभनेस भन्दै । तर गौरीको मनले त्यो मान्न सकेन । एकाबिहानै गौरी आर्मी बेसक्याम्प पुगिन् र आफूलाई आर्मीको जवानले बलात्कार गरेको भनिन । आर्मी का जर्नेलले सोधे, ‘कसले गर्यो बलात्कार ?’  

    गौरीले दुई जवानलाई इंकित गर्दै भनिन् ‘उनीहरूले’  

    जर्नेलले ती जवानहरुलाई हप्काए ।  र हातमा अलिकति पैसा थमाउँदै  अबदेखि यस्तो गल्ती दोहोरिने छैन तिमी जाऊ भन्दै    गौरीलाई घर पठाए । गौरी लाचार भएर घर फर्किन । 

    राति फेरि घरको ढोकामा कसैले ढकढक्यायो । गौरीका बाबुले डराएको भावले  सोधे ‘को हो यति राति  ?’  

    बाहिरबाट आवाज आयो, ‘हामी आर्मी हौ, ढोका खोल्नुहोस् ।’

    गौरीका बाबुले चुप चाप ढोका खोले , आर्मीका ती दुई जवानले  गौरीको कन्सिरीमा बन्दुक  राख्दै भने, ‘तैंले हाम्रो सिकायत गर्ने ? अबदेखि बाहिर हाम्रो बारेमा केही बोलिस भने  तेरो टाउकोमा बन्दुक चलाउँछु ।’  गौरीले लाचार हुँदै टाउको हल्लाएर ‘भन्दिन’ भन्ने संकेत दिइन् । 

     ती दुई युवक बाहिर ढोकामा उभिए, आर्मीका जर्नेल  (गौरीलाई  बिहान अबदेखि यस्तो हुनेछैन भनेर सम्झाएर पठाएका थिए ) भित्र पसे र गौरीलाई बलात्कार गरे  ।  गौरी चिच्याई रहिन् तर उनको चित्कार सुनेर पनि कसैले नसुने जस्तो भयो । ‘अब  आइन्दा कसैलाई यो बारेमा भने देखि माओवादी हौ भनेर पुरै परिवार नै  मारिने  छौ’ भन्दै उनीहरू बेस क्याम्प फर्किए। 

     रातभरि गौरी र गौरीका आमा बुवा रोहिरहे , बिहान भएपछि गौरीले हतार हतार आमाको अल्मारीबाट रातो सारी निकालिन र त्यसैमा  पासो लगाएर आफ्नो देह त्याग गरिन् । गौरीका आमा बुवा गौरीको मृत्युलाई मुकदर्शक बनेर हेरिरहे ।

    भोलिपल्ट चारैतिर यो खबर बतास जस्तै फैलिसकेको थियो । तर यसको विरुद्धमा बोल्ने हिम्मत भने कसैले गर्न सकेनन । बिस्तारै सबैले गौरीलाई बिर्सिंदै गए ।

     राजतन्त्र को अन्त्यपछि देशमा सामन्ती शासनको अन्त्य भयो तर गौरी जस्ता चेलीहरु माथिको शोषणको अझै अन्त्य हुन सकेन ।   गौरी को  कथा  अझै  अन्त्य   भएको छैन  ।   कथा सधैं   दोहोरी रहेको छ कहिले निर्मला बनेर त कहिले सम्झना बनेर ।


    सेलिना सापकोटा (सैलु)
    लेखकबाट थप