• ट्रेण्डिङ्ग :
युवालाई विदेश पायन हुनबाट रोक्न तीनै तहका सरकारको सहकार्य हुनपर्छ : खड्का

युवालाई विदेश पायन हुनबाट रोक्न तीनै तहका सरकारको सहकार्य हुनपर्छ : खड्का


  • 4.9K
    SHARES
    • श्रावण २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.5K Views

    युवालाई विदेश पायन हुनबाट रोक्न तीनै तहका सरकारको सहकार्य हुनपर्छ : खड्का

    तुलसीपुर, २८ साउन । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज शुभकाना सन्देश जारी गर्नुभएको छ ।

    images

    शुभकाना सन्देशमा युवाको काँधमा समाज र राष्ट्रको समेत जिम्मेवारी भएको उल्लेख गर्दै आफ्नो दायित्व पूरागर्न युवाले नवीन सोँचको विकास गर्नुपर्ने उल्लेख छ ।  नगर प्रमुख खड्काले शुभकामना सन्देशमा आफूले युवालाई उच्च प्राथकिमतामा राखि उनीहरुमा भएको क्षमता र सीपलाई भरपुर उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    दिगो विकासको लक्ष्य हाँसिल गर्न स्वदेशमै रोजगारीको सृजनागरी युवालाई उत्पादनसँग जोड्न आफू सधैँ प्रतिवद्ध भएको उल्लेख गर्दै उहाँले त्यसकालागि तीनै तहका सरकारले सहकार्य गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने बताउनु भएको छ ।

    आज ‘दियो विकास लक्ष्यमा प्रगति र सम्वृद्धि,डिजिटल प्रवृद्विमा युवा पहुँच’ भन्ने मुल नारामा साथ नेपाल सहित विश्वभरका युवाले अन्तराष्ट्रिय युवा दिवस मनाई रहेका छन् ।


    तेस्रो आँखा