• ट्रेण्डिङ्ग :
(यात्रा संस्मरण) समीक्षा
स्वच्छ डोनाउको किनारतिर

स्वच्छ डोनाउको किनारतिर


  • 10.9K
    SHARES
    • फाल्गुण ७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 16.7K Views

    स्वच्छ डोनाउको किनारतिर

    काठमाडाैं, ७ फा यो २० औं कृति स्वच्छ डोनाउको किनारतिर (यात्रा संस्मरण) का कृतिकार मुक्तिप्रसाद उपाध्याय एक सफल साहित्यकार,उपन्यासकार, नाटककार, निवन्धकार, कथाकार, अनुवादक, गायक, गीतकार, संगीतकार, कवि र फिल्म अभिनेता, पटकथा संवाद लेखक आदि विविध भाषाका ज्ञाता, वहुआयामका धनी, प्रतिभाशाली, लगनशील,समर्पित विज्ञता पूर्व क्षितिजबाट उदाउनुभएका जाज्वल्यमान नेपाली साहित्य बाङमयका अथक साधक श्रष्ठाका रुपमा डटेर नेपाली भाषा साहित्यलाई धेरै कृतिले सिंगरिनुहुने व्यक्तित्व हुनुहुन्छ र नेपाली भाषा साहित्यको उत्थानतिरको जाँगर, उत्साह कायम रहि रहोस भनी मुक्तकण्ठले सर्जकको योगदानको कदर गर्दछु । 

    images

    पूर्वयन  पब्लिकेशन, गुवाहाटी, असम इन्डियाद्वारा भर्खरै मात्र प्रकाशित पुस्तक १८० पृष्ठमा बीसवटा शीर्षकमा समेटिएको छ । र, मूल्य रु. २५०।– तोेकिएको छ । पुस्तक कोटेट छ, पृष्ठका कागज स्तरीय छन् । साथै अक्षर टाइप पनि प्रष्ट र पढ्न लायकका छन् । पुस्तकको आवरण पृष्ठ व्योममा देख्न पाइन्छ । र, सिरानमा पहेंला अक्षरमा पुस्तकको नाम लेखी कोष्ठमा सेता अक्षरले यात्रा संस्मरण र झण्डै बीचको पृष्ठमा कृतिकारको व्यक्तित्व झल्किने गरिको तस्वीर राखी नाम लेखिएको र क्षितिजलाई आफ्नै परिवेष्ठनमा कैद गरी बाहिरको दृष्यलाई स्वतन्त्र छाडी पछाडिको पृष्ठको पुरै भाग आकाशे रंगमा देखाई सुविज्ञ प्रतिष्ठित डा.गोविन्दराज भट्टराई ज्यू एवम् डा. घनश्याम नेपाल ज्यूसमेतको उद्गारपूर्ण प्रशंसाले र ज्ञान बहादुर क्षेत्री ज्यूको भूमिका लेखन समेतले कृतिको गरिमालाई बढाएको अनुभूति जरुर हुन्छ नै । र, यो कृति नियात्रा विधाको चाँहि पहिलो ग्रन्थ हो । 
    भन्नु वा लेख्नमा फरक आउँछ नै तापनि कृतिका शीर्षकका आधारमा केही सन्दर्भलाई भने हुवहु राखी समीक्षा लेख्ने आँट कसेर जर्मको गरेको छु ।
    शुरुको शुरु
    लेखकले शीला फुपू(दिदी) अर्थात उहाँकी फुपू सासूले अष्ट्रियाको राजधानी भिएनाबाट बोलाउँदा भिसा लिनेदेखि लिएर असमको सोनिलपुर जिल्लाको बिहाली माझगाँउ, विश्वनाथ चाराली, सिलिगुढी, बिराटनगर आदिको परिवेशभित्र फुपूको पारिवारिक चर्चा परिचर्चासँगै फुपूको विवाह पार्पाचुके र पुनः अष्ट्रियन नागरिकसँगको विवाह दुईतिरका सन्तानको लालनपालन देखिका फुपूको व्यक्तित्व पहिचान देखि संस्मरणको उठान गर्नुभएको छ र उनै फुपूकी छोरी काथीको विवाहको निम्तोलाई सहर्स स्वीकारेर भिसा लिने जर्मको शीर्षकले झन्झट तेर्साएको झल्किन्छ किनकि भिसा सितिमिति नपाइदो रहेछ भनी भिसा लिन जाँदाको कसरत उल्लेख गर्दै पाठकहरुलाई पनि केही ज्ञानज्ञुनका कुरा पस्किन कोसिस गर्नुभएझै पनि लाग्दछ । 
    दिल्लीबाट प्रस्थान
    हामी नेपालीहरुले विदेश भ्रमण जान पर्दा वा जाँदा देखाउने गरेका चुरीफुरीलाई ढोल ढ्याङ्ग्राको संज्ञा दिदै हवाई यात्राको  तयारी गर्दाको चर्चासँगै आपूm स्वयंको कलाकारिता सम्बन्धी चलचित्रको मुम्बईमा भूलको डविङ्ग भिमाकार गाँवको क्लाइमेक्स सुटिङ्ग, नेपाली फिल्म खरको छानोको सुटिङ्ग, कावासोतीको थारु भिलेजमा कलाकार राजाराम पौडेल, सुशीला रायमाझी र दिपाश्री सँगको मीठो अतितलाई आँखामा व्यँुझाइकन ठूलो बोइङ्गमा चढेर बसि बसि त्यसबाट देखिने दृष्यको वर्णनले जोकोहीलाई रोमाञ्चित नगराई छाड्दैन भन्ने भान गराउनु भएको छ । साथै कसैले जिस्काउँछन् । पानी चबाएर खान्छौ तिमी ? तितो दबाई हो र ? स्वाट्टै पिएर खानु त । निवन्धकार कमल दीक्षितले नेपालीहरुले अचेल तरल पदार्थ खान छोडेर पिउन थालेका छन् भनी व्यङ्ग्य कसेझैं सर्जकले पनि सिधै पुस्तक पढन्तामाथि व्यङ्ग्य कसेको प्रसँग हो र ? मैले त विर्सिएछु कता राखे कुन्नि ? फेरि तिम्रो किताब किन पो पढ्नु ? के होला र त्यसमा पढ्न लायकको ? जस्तो पायो त्यस्तो किताब पढ्दिन  भाइ । यो भनाइले सर्जकलाई इखालु बनाई दिएझै लाग्दछ । अनि एक साहित्यिक व्यक्तित्व डा.जस योञ्जन प्यासी उहाँले भने सर्जकलाई थप उर्जा र हौसला दिनुभएको आभास हुन्छ नै । 
    “किताब किन्नका लागि कि त मान्छे हेरिन्छ कि त पुरस्कार अनि मात्र किताब पढिन्छ ।” यो सोच असत्य भन्न मिल्दैन । यति हो एकपल्ट नाम चल्नु नै प¥यो । आफ्ना पुस्तक पढिदिएन्न भन्ने गुनासो गर्नैपदैन  किनकि साहित्यिक जगतमा उदाइसक्नु भएको छ । विभिन्न विधाका ज्ञाता साहित्य अकाडेमि बाल साहित्य पुरस्कार द्धारा सम्मानित हुनु नै उदाहारण बन्नु हो । यसको कहिरन किन र ? यात्राका क्रममा भेटिएका विविध आचरण र व्यवहारलाई समेत ठाउँ ठाउँका सन्दर्भहरुलाई समेटि वर्णन गर्नुभएको पाइन्छ । 
    दुबाइबाट भिएना 
    दुबाइको ऐतिहासिक , सास्कृतिक बैभवता र समृद्धिले सुसज्जिद सुन्दरता र बैभवताको “दुबाइमा सुनका गहना लाउँदैन्न, सुनका कार चढ्छन्” भन्ने यथार्थलाई छोटो समयमै पनि चट्टसँग उतार्न भ्याउनु भएको छ । दुबाइबाट भिएनाको उडानमा त्यो विशाल विमान स्थल र विमानमा चढेदेखि कै यावत गतिविधि र मूल्य मान्यता आदिलाई मार्गदर्शकका रुपमा पस्कनु भएको छ । 
    विमान भित्रका परिचारिकाले दिएका वाइनको चुस्की विस्तारैसँग लिदै भिएना शहरको झिलिमिली देख्नु पनि त्यसै त्यसै रोमाञ्चक लाग्दछन् । 
    छोरी माग्न आउने दिन
    भिएनाकी फुपू (दिदी) को घर परिवेश र आधुनिकीले सुसज्जित शहरको यथा स्थितिको चर्चागरि रहँदा फरक फरक सस्कृति केटा र केटी बिहे नगरि सँगसँगै बस्ने पुरानो चलन रहेछ । त्यहाँको र यताबाट त्यता पुगेकाले परसस्कृतिको ग्रहण गरेका पारिवारिक यथार्थका साथै यता नेपालमा माओबादी द्वन्द्व कालमा पीडीत शरनार्थीका रुपमा अस्ट्रिया पुगेका नेपालीहरुको दुदर्शालाई समेत ऐनाझंै उतार्नु भएको पाइन्छ । 
    आफ्नो यतैको संस्कार अनुसारको रीतले ग्रेयर्ग र फुपूकी छोरी काथीको मगनी सम्पन्न भएदेखि यता अलक–अलक संस्कृति बोकेका जात र भाषाको स्वरुपलाई जोडिको रुपमा दर्शाउन खोजिएको अनुभूति हुन्छ । 
    भिएना बजारमा पहिलो दिन
    शहरको समाज र सभ्यताको खुलेरै प्रशंसा र बिकृतिमाथि व्यङग्य कस्दै भारतको कलकत्ता र बाराणसी(बनारस) का विश्वनाथ मन्दिरको साथसाथै त्यहाँका र हाम्रा नदी जहाँ हामी धर्मका नाममा फोहोर गर्छौ भने त्यहाँकाले नदिलाई स्वच्छ र सफा राखि उपभोग गर्छन भनी त्यो यथार्थ सत्यलाई औल्याउन  इमान्दार बन्नुभएको पाइन्छ । 
    बिहेमा जाने दिन
    शिला फुपूकी छोरी काथी र ग्रेयर्गसँगै कोट म्यारीज र त्यसपछि कमासल (विवाह भवन) मा हिन्दू परम्परामा भएको विवाहलाई स्वीकृति र संस्कृति दुबैको सुक्ष्म ठङ्गले तुलना गर्नु फरक संस्कृतिबिचको उदाहरणका रुपमा प्रस्तुति दिनुभएको पाइन्छ । 
    कोर्ट म्यारेज
    कोर्टमा विवाह सम्पन्न रेजिष्टारले गराएपछि बेहुला र बेहुलीले एक अर्कालाई आँगालो हालेर चुम्बन गरे । दर्शकहरुले तालि बजाए, स्याम्पेन खोलियो । सबैलाई दिइयो, एकैसाथको चुस्की लिएर बर बधुलाई बधाइले कोर्ट म्यारिजको मज्जै अलगको भान हुन्छ । 
    सामाजिक बिहे र पार्टि दिदीको निर्देशनानुसार बेहुलाले बेहुलीको सिउँदोमा  सिन्दुर लगाई दियो । यो दृष्य त्यहाँ उपस्थित भएका अस्ट्रियन अतिथिहरुलाई रमाइलो लागेछ । हाम्रो आफ्नो संस्कृतिको महिमा कति ठूलो ? यहाँ दुई संस्कृतिलाई जोड्न खोजिएको अनुभूति हुन्छ । 
    बिहेको ह्याङओभर
    शीला फुपूले छोरीको बिहे आफ्नो यताकै परम्परा मुतावित गराइन । त्यहाँका ईस्टमित्र जो जो छुटेका थिए, तिनैका लागि पार्टीका आयोजना गरी सुरुमा बेहुला र बेहुलीलाई सँगसँगै राखी ठूलो केक कान्ट लगाइयो र बेहुलाबेहुलीले एक अर्कालाई ख्वाए पछि अतिथिहरुलाई केक बाँडियो । स्याम्पेन खोलेर फुर्र परियो र सबैलाई ग्लास ग्लासमा बाडियो । आधुनिकताको परिवेश भनु या परसांस्कृतिक अबलम्बनले मौलाएको संस्कार यतका शहरिया भनाउदाहरुले पनि भ्याउँदै आएका र विश्व व्यापीकरणका चरणमा हँुदै आउँदो रहेछ नि त, र समयको माग पनि हो क्यारे जस्तो अनुभूति हुन्छ ।
    छोरी काथीको गेटटुगेदर
    त्यहाँको परम्परा भनु या संस्कार छोराछोरी हुर्किएपछि बाउआमासँग बस्दैन्न, एक्लै पनि बस्छन् अनि मौका परे विपरित लिङ्गी साथीसित पनि बस्छन् । हाम्रा यताका जस्तो छोरा वा छोरी कता गए भनेर सोधिखोजी गर्ने चलन पनि छैन, रहेनछ  त्यहाँ । यसर्थ शीला फुपूलाई पनि छोरो भास्कर र छोरी काथीको खासै मतलब नहुदो रहेछ ।  त्यहाँ सबै आ–आफ्नै जिन्दगी बाँच्दा रहेछन भने अलग अलग संस्कार र संस्कृतिको तुलना गर्दै पूर्वीय संस्कार, संस्कृति अनुसारका परम्परागत मूल्य मान्यता र रीतसँग पश्चिमी संस्कार संस्कृृति रीतिरिवाजको संमिश्रण युक्त आधुनिकीकरणका दृष्टान्त तथा उपजलाई दर्साउन खोजिएको झै लाग्दछ ।
    पारिवारिक रमाइलो 
    त्यस दिनको पारिवारिक खानपानमा शीला फुपूको परिवार काथीको जोडी फुपू दिदीका जेठा छोरा भास्कर साना छोरा दिवाकर र बुहारी मेली लेखककी जेठी सासू रुनी र साडूदाइ फ्रिदरिख दिदीकै भदो बुहारी महेन्द्र र सेरोल काथीकी अस्ट्रियन साथी र उसको लोग्ने मिस्टर काले नै थियो तर बोलैया र हँसिलो त्यसैले त्यो अष्ट्रियाकी गोरी लठ्ठ परेकी होली । भारतबाट गएको लेखकको दृष्टि र अनुभवले त्यो पारिवारिक जमघटको माहोललाई काथी र ग्रेयर्गको हनिमुन, साथै राती भिएनासहरको घुमाइका सुन्सानमा अति सुन्दर रमणीय र भव्य देखिने भिएना र डोनाउ क्यानल र डेन्यूवको शाखा नदी हो की ? र शहर भित्रबाट छिराईएको त्यस नदिका दुई किनार फराकिला र सिमेन्टले पक्का बनाइएको  रहेछ र त्यति राती पनि मानिसहरु घुमिरहेका देखिन्थे । कतै पारिवारिक जमघट थियो, खादै पिउदै रमाइलो गरिरहेका, कतै प्रेमी जोडिहरु पनि थिए र अँगालो हालेर चाटाचाट गरिरहेका, मातेर रन्थनिएर हिडेका मानिसको उदाहरण पनि पाइयो त्यहाँ । हुन त मानिस पशु नै हो मौका पर्दा आफ्नो पशुवत आचरणको प्रदर्शन गर्न मानिस उद्यत हुन्छ नै । त्यहाँको त्यो रमणीय ठाउँमा पनि देखियो । डोनाउ किनारतिर फर्किएर एउटा मत्थु उभिएरै शु गरिरहेको देखिन्थो । यहाँ लेखकले हामी मानिसहरु सहि आचरण र अनुशासनमा रहेनौ भने दुई खुट्टे भएर पनि चार खुट्टे पशु भन्दा फरक हुनौ भन्ने  आशय जनाउनु हुँदै भिएनाको सुन्दर र रोचक तरिकाबाट वर्णन गर्नुभएको पाइन्छ । 
    रुनी र फ्रिदरिख
    विशेषगरी रुनी र फ्रिदरिखले लेखकलाई भिएनाको एकाशं घुमाउने बिचार गरेका रहेछन् । भिएना शहरभित्र डेन्यूव नदीमा दशओटा र बत्तिसओटा डेन्यूव क्यानरमा पुलहरु रहेछन्  र त्यही डोनाउ क्यननको दुईतिरको सुन्दरता देखाउँदै जहाज अघि बढीरहेको थियो । डेन्यूव नदी जलस्तर बढ्दा क्यननहरुमा पानी पसेर बाढी आउँदैन । त्यो अघि बढीरहेका जहाजको सफर गर्दा डेन्यूवको पानी क्याननमा पसेर शहर नै डुनाउ हुने थियो ।  त्यसैले दुईओटा गेटभित्र जहाजलाई छिराएर जलस्तर मूल नदी डेन्यूवको बराबर पारेर नदीमा पानीले जहाज उचालिएको रहेछ  । त्यसको पानी थुन्ने जुन अनौथो प्रविधिको इन्जिनियरिङका साथै डेन्यूव नदीको विशालता नदीको बिचमा पुगेर अनुभव गरेका लेखकले डोनाउ नदीको आफ्नो यात्रा त्यही क्यनलबाट सुरु भएको भनि उल्लेख गर्नुभई नदीको प्रतिको स्वच्छता, भावना  अनि व्यावहारले अनेकन लाभ लिने कुरालाई संकेत जनाई नेपाल र भारका नदीहरुका दुर दसालाई समेत संकेत गर्नुभएको छ । र, त्यहाँ मानिसले नदीलाई जति स्वच्छ राख्न सके त्यती नै उपयोगी हुने ठ¥र्याउदै स्वच्छ डोनाउको किनारतिर पुस्तकको मूल शीर्षक राखिएको अनुभूति हुन्छ । 
    अस्ट्रिया साराशंमा 
    हिटलर देखि, महा विश्व युद्ध पश्चात स्वतन्त्र अस्ट्रियाको केही मूख्य शहरहरु धोस्त, नेपाल र बंगलादेश भन्दा सानो देश अस्ट्रिया, राम्रो र मिलेको व्यवस्थाले आठओटा देशसँग सिमा जोडिएको र नौ ओटा संगीय राज्यहरु मिली बनेको देश हो । र, देशको ठूलो अंशलाई आल्पस पर्वत मालाले ढाकेको रहेछ । पश्चिम भाग प्राय ः पहाडले ढाकेको छ र पूर्वमा धेरै अग्ला पहाड छैनन र अष्ट्रियाको उत्तर पूर्वी भागमा डेन्यूव नदी पश्चिमबाट पूवतिर बगी अनुपम सुन्दरता प्रदान गरेको र लेखकले अष्ट्रियाको सारशंमा भौगोलिक तथा ऐतिहासिक परिवेशलाई जोडि मध्ये यूरोपमा भएको कला, संस्कृति, साहित्य र संगीत पूर्खाहरुले आर्जेर धनी बनेको ऐतिहासिक र सास्कृति धरोहरले सम्पन्नता बोकेको शहर हो अष्ट्रिया । प्रकृतिले स्वयम सिंगारेको शहर भनि चिनाउनु भएको छ । 
    भाषा , साहित्य, जाति र संस्कृति
    भिएनामा नेपाली संस्कार र संस्कृति हुर्कदै गरेको, तीज मनाउने, दशैमा टीको थाप्ने, संघ÷संस्था, यूरोपको अष्ट्रिया जस्तो ठाउँमा नेपाली भाषाको प्रचार प्रसार गर्नु र आफ्ना जातिलाई माया गर्नु, मातृभाषा प्रतिको सम्मानले हाम्रो गौरवमा श्रीबृद्धि हुन्छ र विस्तारै अष्ट्रियामा बस्ने हाम्रा जातिका मानिसमा मातृ भाषा भनेको मुटुको भाषा हो, धुकधुकी हो भन्ने भावनाको अंकुरन गराउनमा शीला दिदीहरु अग्रसार देखिनु भएको छ । 
    लेखकको साहित्यिक कार्यक्रममा सहभागिता रविचन्द्र भट्टराईको उपन्यास तृष्णाको विमोचनमा लेखकले राखेका मन्तव्यमा भाषा प्रतिको अगाध स्नेह र सम्मानले युक्त देखिन्छन् । “मलाई विस्वस भयो हाम्रो भाषा, साहित्य र संस्कृति कहित्यै मर्दैन ।” यहि भनाइ काफि छ र तृष्णाको सार काल्पनिक संसारको मोहको जालबाट हाम्राहरुलाई निकाल्ने एउटा कोशिस गर्नुभएको छ भन्दै तृष्णाका लेखक रविचन्द्र भट्टराईलाई धन्यवाद दिई आ–आफ्ना कृति आदन प्रदान गर्नु भएको सन्दर्भ रमाईलो छ । 
    रोमाञ्चक शहर, प्राग
    बाल्टवा नदीको उत्तर पश्चिक ऐतिहासिक, संस्कृतिक एवम् रोमान्टिक शहर चेक रिपब्लिकको राजधानी प्राग यूरोपिय देशहरुको चौथो ठूलो शहर मानिदो रहेछ र, लेखकले त्यसको भ्रमण गर्ने क्रममा हजार वर्ष अघिदेखि ठडिएका भवन, चर्च, महाप्रतापि रोमन सम्रटहरुको निवास स्थल, प्राग क्यासल मोजार्ट फ्रान्ज काफ्का आदिको कहिरनले नियात्रालाई महत्व दिएको साथै राज्यका विभिन्न एकाइहरु म्यूजियमहरु र कला भवनहरुले सुन्दर र आकर्षणीय बनाइएको रहेछ भन्ने अनुभव गर्न सकिन्छ नै । 
    कान्छि सुभग, सल्जवर्ग
    अष्ट्रियाको चौथो ठूलो शहर हो सल्जवर्ग । भिएनाबाट सल्जवर्ग झण्डै ३०० किलोमीटर पर्दो रहेछ । यूनेस्कोद्धारा मान्यता प्राप्त विश्व धरोहर सफा सुन्दर, आर्कशक प्यारो अनि माया लाग्दो शहर पनि भनिन्दो रहेछ लेखि नयाँ र आधुनिक शहर ऐतिहासिक रोमान्टिक र रहस्यमयी सांगितिक रुपमा कहलिएको शहरको साल्जक नदी तारेर भाष्करले एउटा अतिनै रमणीय ठाउँमा लिएर गए । त्यो हो मिराबेल राजमहल र बगैचा । सन् १६०६ मा राजकुमार आट विशम बोल्फ डिवाट्रिक रइटेनाउले बनाएको यस निर्माणलाई सल्जवर्गको ऐतिहासिक केन्द्र मानिन्छ । त्यताको मानिसहरुको परिश्रम, जाँगर, धैर्य र प्रकृति र सौन्दर्य, प्रेम देखेर सर्जक आश्चर्य र चकित बन्नुभई सल्जवर्गबाट जर्मन देशको तेस्रो ठूलो प्रसिद्ध शहर बेभेरियाको राजधानी म्यूनिकको भ्रमणमा त्यहाँको कला, विज्ञान, संस्कृति, शिक्षा, खेलकुद, प्रविधि, अर्थ, व्यापार, पर्यटन,खानपान अनि नवीन चिन्तनका लागि संसारकै एउटा प्रसिद्ध शहर म्यूनिक, यस शहरको जीवनशैली उच्च र संसार प्रसिद्ध कार कम्पनिहरुको स्थापनाले र सांस्कृतिक परम्परा मानिने बियर अनुष्ठान र बियर भवनको ख्याति सर्वत्र व्यापक छ भनी वर्णन गर्नुभएको पाइन्छ । 
    रोम एउटा कौतुहल
    सातवटा पहाड मिलेर बनेको विश्व   विख्यात शहर रोम अनुपम ऐतिहासिक शहरमा पाइला टेक्न पाउँदा दङ्ग पर्नुभएका लेखकले रोमाञ्चक एवम् कौतुहलता उत्पन्न गराउने “रोम एकै दिनमा बनिएको होइन ।”  भन्ने उखानले पनि यस शहरको गरिमालाई झल्काउँदछ । र, रोम शहरले कालजयी चित्रकार, मूर्तिकार,संगीतकार,वैज्ञानिक,आविष्कार को को पो जन्माएन र ? ती सबका नाम र कृति सहितको सन्दर्भले इटलीको सुन्दर वर्णन सहित फुपूसँगको रोमाञ्चक यात्रा वर्णनले पनि जो कोहिलाई उत्सुक बनाउँदछ । 
    दुईजना रमाइला शालीहरु
    भिएनामा दुईओटी शालीहरुका साथमा सर्जकको रमाइलो यात्राका क्रममा भिएनाको विश्व विद्यालय देखि सिटीहल , रंगमञ्च, अपेरा हाउस, सनबु्रन महल सँगसँगैका अन्य रोमाञ्चक दृश्यहरुको वर्णनमा पनि रत्ति कञ्जुस्र्याई देखिन्न । 
    भिएनालाई विदाइ, दशैलाई स्वागत
    भिएनालाई बाई गरेर आउँदा यता तिर दशैलाई स्वागत गर्ने बेला भएको थियो । र, फर्कंदा पनि दुबाई हुँदै आउनुपर्ने हुँदाका केही चर्चा सहित झण्डै एक महिने नियात्रा सिलिगुढीको निवासमा आई टुङ्गिएको छ । 
    पारीवारिक विवाहको सिलसिलामा भिएनामा पुग्नुभएको सर्जक फुपूकै घरमा बस्दै उताको परिवेश, चालचलन, चारित्रिक विशेषताको दुबै तर्फका साथै शीला फुपू रुनी, भाष्कर, दिवाकर, फ्रिदरिक, आशा आदि सम्बन्धित व्यक्ति विशेषसँगको सामिप्य, स्नेह र सम्मान सहित घुम्दा डुल्दा उनीहरुसँग सोध्दै बुझ्दै र पढ्दै अनुभव गरिएका प्राप्त जानकारीहरुको कहिरनले नै यो नियात्रा तयार भएको ज्ञात हुन्छ । 
    शीला फुपूको खुलेरै गरिएको चर्चा, रोम शहरको भव्यता, प्राग शहर, भिएना, सल्जवर्ग, म्यूनिक, भ्याटिकन सिटी आदिका ऐतिहासिक कला, संस्कृति, प्रविधि, विकास आधुनिकी इत्यादीको खासखास महत्वपूर्ण चित्रण सहित अष्ट्रियाको त इतिहासनै खोतल्ने सम्मका परिवेशमा भेटिगन म्यूजियम, रोमन फोरम सर्कस, म्याक्सीमस पनि हेर्न भ्याउनुहुने नियाात्राका यायावर उहाँले डोनाउ किनारतिर शीर्षकको ग्रन्थ लेख्नमा प्रतिष्ठित प्राज्ञ डा. गोविन्दराज भट्टराई ज्यूको सामिप्यता, नैशर्गिक स्नेह र हार्दिक उत्साहले सिञ्चित भई उहाँकै प्रेरणाले यो सम्भव भयो भनि इमान्दारीता पूर्वक सराहना सहित हार्दिक नमन गर्नुभएको छ । धन्य मुक्ति सर । यसरी नै मुक्ति सरको लेखनीले निरन्तरता पाइरहोस् भनि अजस्र शुभकामना सहित हार्दिक नमन । 


    नारायण प्रसाद शर्मा फुयाल
    लेखकबाट थप