• ट्रेण्डिङ्ग :
दूधकोशीमा भीषण बाढी

दूधकोशीमा भीषण बाढी


  • 6.6K
    SHARES
    • श्रावण ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 10.1K Views

    दूधकोशीमा भीषण बाढी

    काठमाडौं, ३२ साउन । सोलुखुम्बुस्थित दूधकोशी नदीमा शुक्रबार दिउँसो भीषण बाढी आएको छ । दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका वडा नंम्बर ५ थामेनजिकै पुगेको छ।

    images


    यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नंम्बर ५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन् ।


    उनका अनुसार क्षतिको थप विवरण आउन बाँकी । शेर्पाले दूधकोशीको तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सतर्कता अपनाउन अपील गरेका छन् ।

    ‘दूधकोशीमा ठूलो बाढी आइरहेकोले दुवै किनार क्षेत्रमा रहनुहुने सबैलाई सचेत रहन आग्रह गर्दछु’, उनले भने ।


    तेस्रो आँखा