• ट्रेण्डिङ्ग :
आइतबार कहाँ-कहाँ छ बाढीको जोखिम ?

आइतबार कहाँ-कहाँ छ बाढीको जोखिम ?


  • 8.9K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 13.7K Views

    आइतबार कहाँ-कहाँ छ बाढीको जोखिम ?

    काठमाडौँ, २ भदौ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ।

    images

    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, प्युठान, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, डडेल्धुरा, बैतडी, बझाङ, र आसपास भई बहने अधिकांश स-साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ। 

    यसैगरी सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, गोरखा, नवपरासी (ब.सु.पू), नवपरासी (ब.सु.प), पर्वत, म्यादी, लमजुङ, रोल्पा,, कालिकोट, अछाम, बाजुरा, डोटी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ 


    तेस्रो आँखा