• ट्रेण्डिङ्ग :
पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु

पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु


  • 7.9K
    SHARES
    • भाद्र ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 12.1K Views

    पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु

    सुर्खेत, ३ भदौ । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् । 

    images

    उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताउनुभयो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै  छ । 


    तेस्रो आँखा