• ट्रेण्डिङ्ग :
रोल्पामा अटो दुर्घटनामा परी ३ जना घाइते

रोल्पामा अटो दुर्घटनामा परी ३ जना घाइते


  • 6.6K
    SHARES
    • भाद्र ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 10.2K Views

    रोल्पामा अटो दुर्घटनामा परी ३ जना घाइते

    रोल्पा, ४ भदौ । रोल्पामा अटो दुर्घटनामा परी ३ जना घाइते भएका छन् । जिल्लाको रोल्पा नगरपालिका २ माडी पुलमा लिवाङदेखि माडिचौर तर्फ जाँदै गरेको रा १ ह ६१८४ नंम्बरको अटो अनियन्त्रित भइ पुलमा ठोक्किएर उक्त घटना भएको रोल्पा प्रहरीले जनाएको छ । 

    images

    घटनामा परी अटो चालक सहित ३ जना व्यक्तिहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक, सूचना अधिकारी केशवराज बराकोटीले जानकारी दिएका छन् । घटना मंगलबार मध्याह्न १२ बजेको समयमा भएको उनले जनाए । 

    उनका अनुसार घटनामा परी रोल्पा नगरपालिका- ४  बस्ने ३२ वर्षीय अटो चालक मनिष विकको बायाँ कुमको हड्डी भाच्चीएको, दाहिने हातमा चोट लागेको छ । त्यस्तै रोल्पा नगरपालिका ६ कोटगाउँ बस्ने ३० वर्षीय कुल बहादुर विकको बायाँ घुडा र आँखामा चोट लागेको र सोही ठेगानाका ४५ वर्षीय सीता विकको बायाँ हात भाच्चिएको छ । 

    घाइते तिनै जनाको रोल्पा अस्पताल रेउघामा उपचार भैरहेको प्रहरीले जनाएको छ  ।


    भरत विश्वकर्मा
    लेखकबाट थप