• ट्रेण्डिङ्ग :
विश्वकप छनोटमा नेदरल्याण्ड, जापान र साउदी अरब विजयी

विश्वकप छनोटमा नेदरल्याण्ड, जापान र साउदी अरब विजयी


  • 8.2K
    SHARES
    • मंसिर १, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    विश्वकप छनोटमा नेदरल्याण्ड, जापान र साउदी अरब विजयी


    सन् २०२२ मा कतारमा हुने विश्वकपमा नेदरल्याण्डले आफ्नो स्थान पक्का गरेको छ । गएराति भएको खेलमा नर्वेलाई २–० ले हराउँदै नेदरल्याण्डले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । पराजयसँगै नर्वेले भने प्रतियोगितामा खेल्न नपाउने भएको छ । यस्तै अर्को खेलमा बेल्जियम र वेल्सले १–१ को बराबरी खेलेका छन् । बराबरी खेलेपनि वेल्सले घरेलु मैदानमा प्लेअफ सुनिश्चित गरेको छ । समूह ईमा बेल्जियम शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरिसकेको छ । यसैगरी राति नै भएको विश्वकपका लागि एशियाली छनोटमा जापानले ओमनलाइ १–० गोल अन्तरले हराएको छ । समूहमा रहेको अस्ट्रेलिया र चीनले १–१ को बराबरी खेलेका छन् । यस्तै अर्को खेलमा साउदी अरवले भेतनाममाथि १–० को जीत दर्ता गरेको छ । 

    images


    तेस्रो आँखा