• ट्रेण्डिङ्ग :
मिर्गौलापीडित बोहरालाई डेढ लाख सहयोग

मिर्गौलापीडित बोहरालाई डेढ लाख सहयोग


  • 3.4K
    SHARES
    • भाद्र १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.2K Views

    मिर्गौलापीडित बोहरालाई डेढ लाख सहयोग

    रुकुमपश्चिम, १२ भदौ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बेतखोलाका मिर्गौलापीडित २६ वर्षीय टोपबहादुर बोहरालाई रु एक लाख ६१ हजार सहयोग गरिएको छ । 

    images

    सहयोगबापत सङ्कलन भएको उक्त रकम मिर्गौलापीडित बोहराका बुवा ठानबहादुर बोहरा र आमा शर्मिला बोहरालाई हस्तान्तरण गरिएको छ । त्रिवेणी–२ का ‘हाम्रो युवा समाज’मा आवद्ध व्यक्तिहरुबाट सङ्कलित रु ५३ हजार र अन्य व्यक्तिबाट सङ्कलन भएको रु एक लाख ७ हजार ओली दम्पतीलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष शक्तिकिरण विसीले जानकारी दिनुभयो । 

    केही समयअघि दुबै मिर्गौलाले काम गर्न छाडेपछि बोहराको उपचारका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो । सो रकमबाट पीडितलाई सहयोग पुग्ने अध्यक्ष विसीले बताउनुभयो । बोहराको विगत चार महिनादेखि काठमाडौ स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 


    तेस्रो आँखा