• ट्रेण्डिङ्ग :
कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन

कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन


  • 3.2K
    SHARES
    • आश्विन १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.9K Views

    कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन

    काठमाडौँ, १३ असोज ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषिक्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

    images

    शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पुर्‍याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो सङ्कलन गर्न निर्देशन दिनुभएको हो । 

    मन्त्री अधिकारीले भन्नुभयो, “बाढीले थुप्रै कृषिउपजमा क्षति पुर्‍याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ ।” बैठकमा क्षतिको यकिन तथ्याङ्क चाँडो सङ्कल नगरी आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।


    तेस्रो आँखा