१.
झरी पर्दा ओत लाग्ने छानो भए पुग्छ।।
चाहिँदैन मुरी–पाथी मानो भए पुग्छ।।
हटाई देउ हजारौं नेता कार्यकर्ता अब,
देश सिगार्न एक जना रानो भए पुग्छ।।
२.
मन्दीर छोडी चर्चमा झुलेर के पाउछौ।।
आफ्नो धर्म सस्कृति भुलेर के पाउछौ।।
बास हुन्छ भगवानको सबैको हृदयमा,
वाईवल बोकी गाउँ गाउँ डुलेर के पाउछौ।।
३.
मुखमा राम बगलिमा छुरा भएपछि।।
मनमा यौटा ओठमा अर्कै कुरा भएपछि।।
कसरी दिलाउँछ्यौ बिश्वास तिम्ले मलाई,
तिम्रा चाह अरुसङ्गै पूरा भएपछि।।
४.
कोही सलाई कोर्दै, कोही मट्टीतेल छर्किदै छन् यहाँ ।।
कोही अन्तरिक्ष पुगे कोही ढुङ्गे युगमा फर्किदै छ्न् यहाँ।।
समाजमा सबै समानताले बाँच्न पाउनु पर्छ भन्दा,
कोही ठूलो अनि कोही सानो जात भन्दै तर्किदैछ्न यहाँ ।।
दिपेश पण्डित (भूमिपुत्र)
