• ट्रेण्डिङ्ग :
तुुलसीपुरबाट चारसय खसीबोका काठमाडौं पठाइदैं

तुुलसीपुरबाट चारसय खसीबोका काठमाडौं पठाइदैं


  • 3.5K
    SHARES
    • आश्विन १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.3K Views

    तुुलसीपुरबाट चारसय खसीबोका काठमाडौं पठाइदैं

    तुलसीपुर १४ असोज । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड कार्यालय तुलसीपुरले चारसय खसीबोका खरीद गर्दैछ । नेपालीहरुको महान चाड वडादशै, तिहार र छठ पर्वलाई लक्षित गरेर खसीबोका खरिद गर्न लागिएको हो । असोज १७ र १८ गतेसम्म ति खसीबोका खरीद गरिने खाद्य व्यवस्था तथा कम्पनि लिमिटेड तुलसीपुरका कार्यालय प्रमुख तिलक सुनारले तेस्रो  आखाँलाई जानकारी दिनुभयो । उहाँका अनुसार दाङबाट चारसय खसीबोका खरीद गरेर काठमाडौँको थापाथलीमा पठाइने छ ।

    images

    गत वर्ष दाङबाट साढे सातसय ५६ वटा खसीबोका काठमाडौं पठाईएको थियो । प्रमुख सुनारका अनुसार दाङबाट खसीबोका काठमाडौं पठाउने क्रममा मृत्यु भएकामा खरिद गर्ने कम्पनीको जिम्मा हुन्छ । यो वर्ष खसीबोका खरिदका लागि कम्पनीले एक करोड बजेट छुट्याएको छ ।

    काठमाडौँ उपत्यकाका उपभोक्ताको हितलाई ध्यानमा राख्दै आवश्यकता अनुसार खसीबोका खरीद गर्न लागिएको उहाँले बताउनुभयो । प्रमुख सुनारका अनुसार असोज १७ गतेदेखि खसीबोका खरिद गरिनेछ । खसीबोका तुलसीपुरका स्थानीय, कृषक र किसान मार्फत संचालित सहकारीबाट खरिद गरिनेछ । अहिले किसानहरु खाद्य व्यवस्था कार्यालयमा आएर वा फोन मार्फत खसीबोका बिक्रिका लागि नाम दर्ता गरीरहेको प्रमुख सुनारले बताउनुभयो । उहाँका अनुसार सोमबार सम्म ३० जना किसानले नाम टिपाइसकेका छन  ।

    खरीदका लागि माथिबाट नै कोटा तोकेको हुन्छ तर किसानहरुले धेरै खसीबोका खरीद गरिदिए हुन्थ्यो भन्नुहुन्छ, उहाँले भन्नुभयो कोटा बढाउनुपर्ने आवश्यक छ, तर धेरै खरीद गरेर मात्र हुँदैन बिक्रि पनि हुनुपर्यो, त्यसैले आवश्यकता अनुसार खसीबोका खरीद गरी पठाउछौं ।  

    प्रमुख सुनारकाअनुसार जिउदो २० देखि ४० केजीसम्मको खसी प्रतिकेजी रु ५ सय ६० रुपैयाँ र १८ देखि ३० केजीसम्मको बोका रु ५ सय ४० रुपैयामा खरिद गरिने सुनारले बताउनुभयो । 


    तेस्रो आँखा