• ट्रेण्डिङ्ग :
कविता : म कसरी रुन दिन सक्छु  मेरी भाउजू

कविता : म कसरी रुन दिन सक्छु  मेरी भाउजू


  • 21.9K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 33.7K Views

    कविता : म कसरी रुन दिन सक्छु  मेरी भाउजू

    हिजो जस्तै लाग्छ 
    घुम्टोमा छोपिएर बसेकी फूल जस्ति पराइको छोरीलाई 
    टप्प टिपि डोलीमा चढाएर भित्र्याएको,

    images

    रूदैँ गरेका उनका बा–आमाको काखबाट चुँडाएको,
    घरमा पसेकै दिन आमाले मलाई भन्दा उनलाई फरक व्यवहार देखाएको पनि हिजो जस्तै लाग्छ 
    देवी सरहकी उनलाई दाजुले बिना गल्ती लछारपछार बनाएको,
    हिजो जस्तै लाग्छ छरछिमेकले चरित्रमासम्म औंला उठाएको,

    बिना कसुर सजाय भोगिरहेकी उनको मुहारमा मुस्कान कहिल्यै टुटेन,
    फर्क्रन लागेको फूल कोपिलामै निमोठे झै, 
    आफ्नाबाट निमोठिएकी उनको परेलीको बाँध कहिल्यै फुटेन,

    म कसरी तिमीलाई गतल देख्न सक्छु
    बुढा भएका मेरो बा
    तिमी बिना तातो पानी समाउन सक्दैनन्, 
    कपाल फुलिसकेकी मेरी आमा तिमी बिना भान्छा चलाउन सक्दिनन्,
    तिमी बिना मेरो घरको ढोका बन्दै रहन्छ,
    घर शून्य रहन्छ,
    साझको बत्तिले तिमिलाई कुर्छ,
    बिहानीको पोछाले तिमीलाई,
    म तिमिलाई कसरी पराइ मान्न सक्छु 

    उथलपुथल भएका मुटु सम्हाल्ने तिमी रुन खोज्छौ होला 
    तिम्रो आँखा नरसाउदै मेरो दिल चस्कन्छ,
    पीडामा पनि हास्न बाध्य तिम्रा ओठ बर्बराउदा
    मेरो मन कुडिन्छ्न,
    म तिमीलाई कसरी रुन दिन सक्छु  मेरी भाउजू।


    कमला वस्ती
    लेखकबाट थप