• ट्रेण्डिङ्ग :
कविता : महसुस 

कविता : महसुस 


  • 43.3K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 66.6K Views

    कविता : महसुस 

    सत्यता थियो वा भ्रम 
    मिठो सपना थियो वा यथार्थता बोकेको बिहानी,
    प्रेम थियो वा घृणा 
    खुसी थियो वा रोदन,,
    मिलन थियो वा बिछोड...
    यी अनन्त  अविछिन्न एहसासहरुको
    महसुस त मैले गरेकी थिएँ।

    images

    तिमी हुँदाको त्यो उमंग, तिम्रो छेउमै भइरहन चाहने यो मन।।
    तिमिलाई लुकिलुकी हेर्ने यी आँखा
    तिम्रो मुखारबिन्दुबाट निस्केका केही थान शब्दहरु सुन्न आतुर रहने यो मन
    तिम्रो स्पर्शको अनुभूति गर्न बेजोड धड्किएको यो धड्कन,
    यादहरुको बगैंचामा डुबेको भावनाको गहिराई होस् वा।।
    मन भासिएको बेला छल्किएका आशुँको लम्बाई ।।।
    महसुस त मैले गरेकी थिएँ ।

    मोबाइलको रिङ्गटोन बज्दा
    तिम्रो फोन आएको एकिन तर 
    फोन हेरिसकेपछिको मेरो अनुहारको त्यो नैराष्यता ,,
    तिमीले भन्ने गर्थ्यौ
    महसुस एक मिठो भ्रम पनि त हुन सक्छ नी
    सायद आज म भ्रम मै बाँचिरहेकी छु।

    तिम्रो याद्को गहिराईँमा छल्किएका ती आशुँ,,
    तिम्रो पर्खाइमा बिताएका रात र दिनहरु ।
    सबै कुरा ज्ञातको बाबजुद पनि,।
    तिम्रो आभासको लागि तड्पिरहने यो मन,
    यी सबै पल, एक पल, हरेक पल, पल पल को ।।।
    महसुस त मैले गरेकी थिएँ ।।


    सावित्री जाेशी
    लेखकबाट थप