• ट्रेण्डिङ्ग :
विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को पाँचौँ परीक्षण सफल

विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को पाँचौँ परीक्षण सफल


  • 2.8K
    SHARES
    • आश्विन २८, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को पाँचौँ परीक्षण सफल

    विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको पाँचौँ परीक्षण सफल भएको छ । यस परीक्षणमा, पृथ्वीबाट ९६ किलोमिटरमाथि पठाइएको सुपर हेभी बुस्टरलाई लन्चप्याडमा फिर्ता ल्याइएको थियो ।

    images

    यस परीक्षणका क्रममा स्टारसिप पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गराइयो र हिन्द महासागरमा नियन्त्रित अवतरण गरिएको थियो । जब स्टारसिप पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, यसको गति २६ हजार किलोमिटर प्रति घण्टा थियो र तापमान १४३ डिग्री सेल्सियस पुगेको थियो ।

    स्टारसिपको यो परिक्षण आइतबार साँझ टेक्सासबाट सुरु गरिएको थियो । स्टारसिप स्पेसक्राफ्ट र सुपर हेभी रकेटलाई सामूहिक रूपमा ‘स्टारसिप’ भनिन्छ । स्टारसिपमा ६ र्‍याप्टर  इन्जिन छन् भने सुपर हेभीमा ३३ र्‍याप्टर  इन्जिन छन् ।

    विश्वका धनी व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सले यो रकेट बनाएको हो । स्टारसिप स्पेसक्राफ्ट र सुपर हेभी बुस्टरहरूलाई सामूहिक रूपमा ‘स्टारसिप’ भनिन्छ । यो रकेटको उचाइ ३९७ फिट रहेको छ । यो पूर्ण रूपमा पुनः प्रयोज्य छ र १५० मेट्रिक टन लोड बोक्न सक्षम छ । स्टारसिप प्रणालीले एकै पटक १०० जनालाई मंगल ग्रहमा लैजान सक्नेछ ।


    तेस्रो आँखा