• ट्रेण्डिङ्ग :
रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो


  • 3.9K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

    पोखरा, ०४ कात्तिक । सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।

    images

    लामिछानेलाई शुक्रवार साँझ पार्टी कार्यालयबाटै पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा थप अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो ।

    लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । शनिबार अदालत बन्द रहेकाले प्रहरीले लामिछानेलाई आइतबार (आज) मात्रै अदालतमा उपस्थित गराएको हो ।

     


    तेस्रो आँखा