• ट्रेण्डिङ्ग :
दाङमा आजदेखि सर्प महोत्सव सुरु

दाङमा आजदेखि सर्प महोत्सव सुरु


  • 8.2K
    SHARES
    • कार्तिक ८, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 12.7K Views

    दाङमा आजदेखि सर्प महोत्सव सुरु

    तुलसीपुर, ८ कात्तिक । दाङमा आजदेखि सर्प महोत्सव सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पर्यटकीय स्थल वडा नम्बर ७ गणेशपुर स्थित राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा सर्प महोत्सव तथा मानव वन्यजन्तु सम्बन्ध सचेतना गराउने उद्देश्यले कात्तिक ८ गतेदेखि १० गतेसम्म महोत्सव सञ्चालन गरिएको हो । 

    images

    हामी संरक्षणको लागि काम गछौँ नामक संस्थाले विभिन्न संघसंस्थाको सहयेगमा सर्प महोत्सवको आयोजना गरेको हो । आयोजक संस्थाका अध्यक्ष सन्दिप वलीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्य र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको बिशिस्ट आतिथ्यमा महोत्सवको उद्घाटन गरिएको हो । 

    WhatsApp Image 2024-10-24 at 7.18.32 PM.jpeg

    लुम्बिनी प्रदेशका प्रदेश सभाका पुर्व अर्थमन्त्री धन बहादुर मास्कीले सर्प भन्ने बित्तिकै हाम्रो नेपाली समाजमा एउटा सत्रुलाई हेर्ने दृष्टिकोण रहेको बताउनु भयो । सर्प घर्षने जिव भएकाले मान्छेले नदेख्ने र कुल्चने हुँदा सर्पले झम्टेपछि मान्छेको मुत्यु समेत हुने भएकाले सर्पलाई हेर्ने दृष्टिकोण यस्तो भएको बताउनुभयो । मानव वन्यजन्तुको दन्दलाई न्युनिकरणका लागि वन्यजन्तु संरक्षणको निम्ति विभिन्न शीर्षकमा बजेट बिनियोजन गरेर लागू गरेको मास्कीले बताउनुभयो । पृथ्वीमा सर्पले पर्यावरणलाई मिलाएर राख्छ भनेर हाम्रो समाजमा बुझाउन जरुरी रहेको उहाँले बताउनु भयो । 

    उक्त कार्यक्रमका विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सर्पको बारेमा दाङमै पहिलो पटक प्रदर्शन भएको बताउनुभयो । सर्पले आफुले खाने आहाराको खोजि गर्दैगर्दा मान्छेसँग भेट हुँदा मार्ने गरेको बताउनु भयो । पर्यावरणलाई सफा राख्नको लागि सर्प एक महत्वपूर्ण प्रजिवि रहेको बताउँदै खड्काले सर्पको टोकाईबाट कसरी बच्न सक्छौ, यसले टोक्दा कस्तो खालको भ्याक्सिन लागाउने कुराको बारेमा आम नागरिकले थाहा पाउनुपर्ने बताउनु भयो । 

    WhatsApp Image 2024-10-24 at 7.18.32 PM (1).jpeg

    सर्प महोत्सवमा विभिन्न प्रकारका विषालु र अविषालु सर्पहरू प्रदर्शनमा राखिएका छन् । समाजमा सर्पको महत्व बुझाउन, सर्पको टोकाइबाट बच्ने उपाय, सर्पले टोकिसकेपछिके उपचारका बारेमा जानकारी दिन सर्प महोत्सवको आयोजना गरिएको सर्प उद्दारकर्ता प्रभात भण्डारीले जानकारी दिनुभयो ।  

    महोत्सवमा गोमनरडुम सर्प, बिराजु सर्प, अजिङ्गर लगायतका सर्पहरु प्रदर्शनमा राखिएका छन् । 

    सर्प महोत्सवले सर्पप्रति रहेका भ्रामक धारणा हटाउन र संरक्षणका लागि जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको आयोजकको धारणा छ । यस प्रकारका कार्यक्रमहरूले भविष्यमा पनि सर्पको संरक्षण र बाँच्ने अधिकारको लागि आवाज उठाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।


    रुपा थापा
    लेखकबाट थप