तुलसीपुर, ०९ कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ गहतेका किसानलाई धान बालि भित्र्याउन हम्मेहम्मे भएको छ । किसानहरुलाई चाडपर्व नजिकिएसँगै किसानलाई बाली भित्र्याउने कामको चटारो परेको छ । तिहार र छठपर्वहरु सुरु भएसँगै यहाँका किसानलाई पाकेको धान काट्ने र भित्र्याउने कामको चाप सुरु भएको छ ।
दशैंको केही दिन अघिबाट वर्षायाम रोकिएपछि किसानलाई धान भित्र्याउन असाध्यै सजिलो भएको छ । एकातिर किसानका घर आगन, कौसी तथा बारीका आलीमा धान सुकाउनेको लर्को छ भने अर्कोतिर खेतमा पाकेर पहेँलपुर भएका धान काट्ने र धान ठटाएर घर ल्याउने कार्यमा गहतेका किसानहरु व्यस्त छन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ गहतेका किसान पवित्रा केसीले चाडपर्व नजिकै गर्दा कामको पनि चाप उत्तिकै भएको बताउनुभयो । केसीले सदैब यसबर्ष पनि तिहारकै बेलामा धान पाकेकाले धान भित्याउने काममा व्यस्त रहेको बताउनुभयो । धान काट्ने, धान सुकाउने, धान चुट्ने र दाइ हाल्ने काममा व्यस्त भएको उहाँले जानकारी दिनुभयो । सबै कामहरु गरि सकेर राम्रोसँग तिहार मनाउने उहाँको योजना छ । ुमाईती घर टाढा छ र चाडपर्वका बेला माईतिमा जानकालागि पनि धान पराल भित्र्याएर मात्र जाने तयारीमा छौुं, उहाले बताउनुभयो ।
केही दिन अघिको बर्षाले गर्दा र चाडपर्व नजिकै गर्दा किसानले पुन स् वर्षा भई पाकेर पहेलपुर भएका धानमा फेरि क्षती हुन्छ कि भन्ने आशांकाले पनि धान भित्र्याउन चटारो परेको किसानहरू बताउछन । चाडपर्व भन्दा आगाडि काटेर धान भित्र्याउन नसकेमा धानलाई एउटै ठाउँमा खेरेर खराई लगाउने किसानहरुको भनाइ छ । खराई लगाएमा पानी पर्दा पनि तिर्पालले छोप्दा धान सुरक्षित र चाडपर्व सकिए लगत्तै मौसम सफा भएका दिनमा धान झाटेर भित्र्याउने कतिपय किसानको भनाइ छ ।
धान खेतिहुने क्षेत्रहरु कटकुया, दुदेना कटकुया, दुदेना , गहते, सिपुर लागायतका किसानहरू धान खेती भित्र्याउने काममा ब्यस्त भएका छन । यी सबै क्षेत्रमा धान पाकेकाले काट्ने, ढल्याउने र धान भित्र्याउने काम गरिरहेका छन । गोरुको प्रयोग गरेर दाइ हाल्ने र अधिकांश स्थानमा धान काटेर एउटै ठाउमा थुप्रो पारेर मेसिनमार्फत धान भित्र्याउने चलन बढिरहेको छ ।
रुपा थापा
