• ट्रेण्डिङ्ग :
शिवरात्रीमा कसरी जाने पशुपतिनाथ मन्दिर, यस्ताे छ तयारी (भिडियोसहित) 

शिवरात्रीमा कसरी जाने पशुपतिनाथ मन्दिर, यस्ताे छ तयारी (भिडियोसहित) 


  • 17.5K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 26.9K Views

    शिवरात्रीमा कसरी जाने पशुपतिनाथ मन्दिर, यस्ताे छ तयारी  (भिडियोसहित) 

    काठमाडौं, १६ फागुन। शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति मन्दिर दुलही झै सिंगारिएको छ। नेपालभर धुमधामका साथ मनाइने यो पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा निकै भिडभाड देखिएको छ। नेपालको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथ मन्दिर क्षेत्रमा विभिन्न साधु, सन्त लगायत भक्तजनको घुइँचो लागेको हो। मंगलबार मनाइने शिवरात्रीका लागि पशुपतिनाथ क्षेत्र विकास कोषले तयारीका काम अन्तिम चरणमा पुर्याएको जनाएको छ।

    images

    फागुन १७ गते परेको महाशिवरात्री पर्वलाई व्यवस्थित ढंगले सम्पन्न गर्न तयारी पूरा भएको पशुपति विकास कोषले जनाएको हो। सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाई, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको कोषले दावी गरेको छ।

    गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ। मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट, बत्तिसपुतली–गौशाला–एयरपोर्ट–पिङ्गलास्थान भएर सुमार्गी भवन हुँदै चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ।  मालवाहक सवारीसाधन, बस, माइक्रोबस तथा ट्याम्पोलगायत सवारीसाधनलाई सिफलचौर, जोरपाटी, चाबहिल र सिनामङ्गलभन्दा अगाडि सञ्चालनमा रोक लगाइएको जानकारी कोषले जनाएको छ। शिवरात्रिको दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकावासीलाई पशुपति क्षेत्रको यात्रामा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न अनुरोध गरेको छ।

    कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरुलाई मेला भर्न कोषले आग्रह गरेको छ। प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिन मनाइने शिवरात्रि यो वर्ष फागुन १७ गते मंगलबार पर्छ। यही पर्वको पूर्वसन्ध्यामा नेपालको ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथ मन्दिर क्षेत्र झकीझकाउ बनाइएको छ।

    शिवरात्री पर्व लाई विशेष महत्वका साथ मनाइने भएकाले यस पर्वको अवसरका पशुपतिनाथ मसन्दिर परिषर बेहुली जस्तै सिंगारिएको हो। प्राचीनतम धार्मिकस्थल पशुपतिनाथ मन्दिरमा शिवरात्रिको दिन विशेष पुजाआज गरिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र पनि हो।

    यो मन्दिर संसारमा रहेका २ सय ७५ शिवको पवित्र स्थान मध्ये एक हो। पशुपतिनाथमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले भक्तजनहरुको घुइचो लाग्ने गरेको छ। शिवरात्रिको दिन हाजारौं साधु सन्त, महन्तहरु यस क्षेत्रमा भेटिन्छन्। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थललाई वागमती नदीले महिमा अझै बढाएको छ।

    शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गर्छ। श्रद्धालु भक्तजनहरुलाई व्यवस्थित पुजाअर्चना गर्न दिने व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोष तथा मन्दिर व्यवस्थापन समितिले आवश्यक सुरक्षा व्यवस्था मिलाएको हुन्छ्। व्यवस्थि व्यवस्थापनका लागी कोषले आवश्यक स्वयम सेवक परिचालन गरेर दर्शनार्थीहरुको जुत्ता चप्पल व्यस्थित गर्ने देखि लाइन मिलाउने सम्मको काम गरेको हुन्छ।

    भक्तजनहरुलाई व्यवस्थित पुजाअर्चनाको व्यवस्था मिलाउनका लागी आवश्यक प्रबन्धहरु मिलाउने काम भैरहेको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ। यस दिन आरध्यदेव पशुपति अर्थात् शिवजीको आरधना द्दगर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्री अत्यन्त महत्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव समेत भएकाले यसलाई विशेष मत्वका साथ हेरिएको छ।

    पशुपतिनाथको दर्शन गर्न अन्य समयमा जाने भन्दा शिवरात्रीका दिन सयौं गुना बढी भीड हुने भएकाले सुरक्षा चुनौती थपिएको भक्तजनहरुले महसुस गर्ने गर्छन। त्यसको व्यवस्थापनका लागी सुरक्षा निकायहरु पनि सतर्क हुनुपर्ने आवश्यक हुन्छ भने भक्तजनहरुलाई आवश्यक खानपानको लागिसमेत प्रशस्त होटल पसलहरु व्यवस्थित हुनु जरुरी छ।

    मंगलबार लाग्न लागेको शिवरात्री मेलाका लागी पशुपति क्षेत्रमा नेपाललगायत अन्य छिमेकी मुलुकहरुबाट भक्तजनहरु सँगै विभिन्न साधु सन्त भिक्षुहरु आउने गरेका छन्। सदाजस्तै यस वर्ष पनि केही दिन अघिदेखि नै भक्तजनहरु आउने क्रम जारी छ।  विभिन्न साधु सन्तहरुसमेत वनकाली क्षेत्रमा आएर अड्डा जमाइसकेका छन्।

    शिवरात्रीका लागी तीन चार दिन अघिदेखि आएका नाघा बाबा तथा  साधु सन्तहरुले बनकाली क्षेत्रमा बसेर भाङ खाने, लट्ठ भएर त्यस क्षेत्रमा घुम्न जाने आन्तरिक तथा वाह्य पर्यटकहरुलाईसमेत आफ्नै सुरमा जिस्क्याइ रहेको दृष्यहरु देख्न पाइन्छ। शिवरात्रिकाे दिन लाखौं रुपैयाँको फूलमालालगायत पुजाका सामाग्रीहरु बिक्री हुने भएकाले धेरै व्यवसायीहरुलाईसमेत आर्थिक लाभ हुने देखिन्छ।

    शिवरात्रि तेत्तीस कोटी देवी–देवता लगायत ब्रह्मा, विष्णु, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्णको महान पर्व हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ। सय अवसरमा नेपालको ऐतिहारिक तथा धार्मीकस्थल पशुपति क्षेत्र निकै भीडभाड हुने गर्दछ भने भक्तजनहरुले पुजाअर्चना गरेपछि मनोकाँक्षा पुरा हुने विश्वास गरिएको छ।  


    जीवन शर्मा
    लेखकबाट थप