• ट्रेण्डिङ्ग :
बझाङमा जीप दुर्घटना, चारजना घाइते

बझाङमा जीप दुर्घटना, चारजना घाइते


  • 3.2K
    SHARES
    • कार्तिक १२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 5.0K Views

    बझाङमा जीप दुर्घटना, चारजना घाइते

    बझाङ, १२ कात्तिक । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

    images

    तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा १८ च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जीप तीव्र गतीका कारण सडकमै पल्टिएको हो ।

    दुर्घटनामा घाइते हुनेहरूमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

    घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा