• ट्रेण्डिङ्ग :
बारीमा ढकमक्क "विद्यार्थीका फूल"

बारीमा ढकमक्क "विद्यार्थीका फूल"


  • 6.7K
    SHARES
    • कार्तिक १३, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 10.3K Views

    बारीमा ढकमक्क "विद्यार्थीका फूल"

    विभिन्न ठाउँबाट फूलको माग भैरहेको उहाँले बताउनुभयो। तिहारसम्ममा यी सबै फूल करिब विक्री भैसक्ने उहाँको अनुमान छ । बारीमा रोपेको फुलहरु सबै विक्री भएको खण्डमा करिब एक लाख बराबरको आम्दानी हुने उहाँको अनुमान रहेको छ ।

    रोल्पा, १३ कात्तिक । रोल्पा नगरपालिका वडा नम्बर ७ माडिचौरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तह कृषि विषयमा अध्ययनरत विद्यार्थीहरुले तिहार लगायत विभिन्न चार्डपर्वका लागि चाहिने सयपत्री फूल ढकमक्क फूलाएका छन् । विद्यार्थीहरुको समूहले तयार गरेको फूल अहिले बजारमा विक्रिका लागि तयार भएको छ । 

    images

    विशेषगरी तिहारको समयमा बढी खपत हुने कृत्रिम तथा प्लाष्टिकको फूल माला विस्थापित गर्ने उदेश्यले कलेजमा अध्ययनरत पाँच जना विद्यार्थीको समूहले उक्त खेति गरेका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनको आंगिक कलेजको रुपमा रहेको उक्त कलेजमा स्नातक तह कृषि विषयमा अध्ययनरत खेमराज शर्मा, शिव ढुंगाना, बबिता देवकोटा, दीपक उपाध्यय र भिमकान्त भण्डारी सहित पाँच जनाको समूह उक्त खेतिमा रहेका छन् ।

    hajari fool.jpg

    कृत्रिम फूलहरुलाई विस्थापित गर्ने उदेश्यका साथ फूल खेति गरिएको विद्यार्थीहरुले बताएका छन् । हाललाई परिक्षण र अध्ययनको रुपमा लगाइएको भएपनि फूलले राम्रो उत्पादन दिएको पाइएको छ । अध्ययनका लागि कलेजकै बारीमा गरिएको फूलखेतिले राम्रो उत्पादन दिएको विद्यार्थी शिव ढुंगानाले बताउनुभयो। विशेषगरी तिहार पर्वलाई लक्षित गरी लगाइएको फूल प्रतिमाला रु १ सयका दरले र प्रतिकेजी रु ४ सय रुपैयाँ मूल्य निर्धारण गरिएको उहाँले बताउनुभयो। विभिन्न ठाउँबाट फूलको माग भैरहेको उहाँले बताउनुभयो। तिहारसम्ममा यी सबै फूल करिब विक्री भैसक्ने उहाँको अनुमान छ । बारीमा रोपेको फुलहरु सबै विक्री भएको खण्डमा करिब एक लाख बराबरको आम्दानी हुने उहाँको अनुमान रहेको छ । 

     

    कलेजमा अध्ययनरत विद्यार्थीहरुले अध्ययनका लागि गरिएको पुष्प खेति सुरुवातमै राम्रो उत्पादन दिएको छ । हाललाई विद्यार्थीहरुले फूल खेति करिब २ सय वर्गमिटर क्षेत्रफलमा गरेका छन्। सयपत्रीका विभिन्न प्रजातीका फूलहरु बारीमा ढकमक्क फूलेको देख्न सकिन्छ । उक्त बारीमा अहिले करिब ६ सय हाराहारीमा फूलका बोटहरु रहेको विद्यार्थीहरु बताउछन् । फूलका साथै विद्यार्थीहरुले अन्ययनका लागि अन्य खेतिहरु पनि गरेका छन् । समूह बनाएर विद्यार्थीहरुले केराउ, खुर्सानी, गहुँ, भिण्डी, धान, काउली र सागको पनि खेति गरेका छन् । 

    sayapatri.jpg

    तिहारलाई लक्षित गरि कार्तिक १६ र १७ गतेका दिन जिल्लाको सदरमुकाम लिवाङमा विक्रीका लागि राखिने बताइएको छ । ग्राहकहरुले प्रत्येक्ष रुपमा विद्यार्थीबाट फूल खरिद गर्न सक्ने उक्त समूहले जनाएको छ । 

    बजारमा भित्रिने कृत्रिम मालालाई विस्थापित गरी प्राकृतिक मालाको प्रयोगमा जोड दिएमा विद्यार्थीहरुले यसबाट व्यावसायिक रुपमा आम्दानी गर्न सकिने अर्का विद्यार्थी खेमराज शर्माले बताउनुभयो। सरकार र स्थानीय निकायले उत्पादित फूलहरुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्नुपर्ने उहाँको माग छ । प्लाष्टिक मालाको प्रयोगमा रोक लगाई स्वदेशि फूल मालाको प्रवद्धन गर्न आवश्यक छ, उहाँले थप्नुभयो। प्राकृतिक मालाको प्रयोगका लागि सरकारले कृत्रिम मालाको प्रयोगमा रोक लगाए विद्यार्थीहरुका लागि साथै किसानहरु पनि व्यावसायिक रुपमा फूल खेति गरेर आम्दानी गर्न सक्ने थिए उहाँले थप्नुभयो। 

    11.jpg


    भरत विश्वकर्मा
    लेखकबाट थप