• ट्रेण्डिङ्ग :
भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु


  • 3.9K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.0K Views

    भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

    काठमाडौं, १४ कात्तिक । भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । साथै ३० जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ ।

    images

    मङ्गलवार बस पश्चिम भारतको राजस्थान राज्यको एउटा कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको हो ।

    प्रहरीकाअनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।


    तेस्रो आँखा